जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

March 5, 2009

जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति

राष्ट्रपति डा रामवरण यादवले जनताको मन जित्न सक्ने संविधान बनाउन सबैलाई गंभिर हुन आग्रह गरेका छन् ।
सबै जनताले संविधान आफ्नो हो भन्ने महशुस हुने गरी नयाँ संविधान बनाउन सकेमात्रै संविधान टिकाउ हुने राष्ट्रपति यादवले बताए । नेपाल बार एसोसियसनको ११ औं राष्ट्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै राष्ट्रपति यादवले लोकतान्त्रिक न्याय पद्धतिलाई सरल र सर्वसुलभ बनाएर जनताको घर दैलौमा पुर्याउनुपर्ने धारणा राखे । (more…)

February 26, 2009

एमालेमा निर्वाचित केन्द्रीय सदस्य

अध्यक्ष
झलनाथ खनाल
उपाध्यक्ष
अशोक राई
वामदेव गौतम
विद्या भण्डारी
महासचिव
ईश्वर पोखरेल
सचिव
विष्णु पौडेल
शंकर पोखरेल
युवराज ज्ञवाली (more…)

February 25, 2009

एमाले अध्यक्षमा झलनाथ निर्वाचित

बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट नेकपा एमाले अध्यक्षमा झलनाथ खनाल ९१३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
 नवनिर्वाचित अध्यक्ष खनालले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले भन्दा ११७ मत बढी प्राप्त गरेका छन् । ओलीले ७९६ मत प्राप्त गरेका छन् । महाधिवेशनमा कुल १ हजार ७ सय ९३ मत खसेको थियो । (more…)

February 17, 2009

एमाले महाधिवेशन /देश चलाउने पालो अब कम्युनिष्टकोः प्रधानमन्त्री /बन्द सत्र सुरु, सर्वसम्मत नेतृत्वका लागि दवाब

बुटवल, फागुन ६ -
प्रधानमन्त्री एवं एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देश चलाउने पालो कम्युनिष्टको रहेकाले एउटै कम्युनिस्ट केन्द्रको स्थापना हुनुपर्ने बताएका छन् । उनले त्यो धेरै टाढाको बिषय नभएको बताउदै अहिलेदेखिनै परिपक्वता र समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
एमालेको आठौ महाधिवेशनको उदघाटन अवसरमा बोल्दै उनले हिजोका प्रतिक्रान्तिकारीहरु र यथास्थितिबादीले अब यो देशको नेतृत्व गर्ने सपना नदेख्न चेतावनी दिदै अब कम्युनिस्टको पालो आएको बताए । (more…)

February 6, 2009

लोडसेडिङले गर्भवती बढे


सुरज कुँवर- काठमाडौं, माघ २४
प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए । होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । अध्ययनसँगै रोजगारका लागि मेलवर्न जाने तयारीमा रहेका शर्माले गर्भ रहनुको दोष लोडसेडिङलाई दिए । पुतलीसडकस्थित एक कम्प्युटर मर्मत केन्द्रमा आबद्ध उनले ख्यालख्यालैमा गर्भ रहेको बताए । (more…)

January 1, 2009

माओवादी कार्यकर्ता एमालेमा

काठमाडौं, पुस १७ -
माओवादीका जिल्ला तहका नेताहरूसहित केही कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरेका छन् । एमालेले १ सय २१ जना माओवादीहरू आफ्नो पार्टीमा प्रवेश गरेको कार्यक्रममा बताए पनि टीका र खादा लगाउनेको संख्या करिब पचास मात्रै देखिएको थियो ।
पार्टी प्रवेश गरेकालाई एमाले महासचिव झलनाथ खनालले रातो टीका र खादा लगाएर स्वागत गरेका थिए । माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको घटनालाई महासचिव खनालले ‘ऐतिहासिक’ भन्दै पार्टीको सिद्धान्त सही रहेकै कारण प्रवेश गर्नेहरूको लहर चल्न थालेको बताए । (more…)

November 28, 2008

संविधानसभाको उपाध्यक्षमा माओवादीकी पूर्ण सुवेदी

संविधानसभाको उपाध्यक्षमा नेकपा माओवादीकी पूर्ण कुमारी सुवेदी निर्वाचित हुनुभएको छ । संविधानसभाको आजको बैठकमा मतविभाजनको आधारमा भएको निर्वाचनमा उहाँले संविधानसभामा उपस्थित पाँच सय पाँच सदस्यमध्ये तीन सय छयालिस मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा उनानसत्तरी मत परेको थियो भने नब्बे मत तटस्थ रहेको थियो । माओवादीकी उम्मेदवार सुवेदीलाई नेकपा एमाले, जनमोर्चा नेपाललगायतका दलको र्समर्थन रहेको थियो । संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित पचास वषीया पूर्णकुमारी सुवेदी माओवादी जनयुद्धका क्रममा मध्यपश्चिम र हिमाली क्षेत्रमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो भने यसअघिको अन्तरिम व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो । एक जुझारु महिलाका रुपमा परिचित सुवेदी संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर चारबाट निर्वाचित हुनुभएको हो ।नेकपा मालेका तर्फाट उम्मेदवारी दिनुभएकी निलम केसीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिई सुवेदीलाई नै र्समर्थन गर्नुभएको थियो । यसअघि मत विभाजनका आधारमा भएको निर्वाचनमा राप्रपाकी प्रतिभा राणा, सद्भावनाका खोभारी राय, नेपाल मजदुर किसान पार्टी लिला न्याइँच्याइँ पराजित हुनुभएको थिायो । यसअघि नेपाल मजदुर किसान पार्टी लिला न्याइच्याईलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा उपस्थित संख्या 593 मा पक्षमा 115, विपक्षमा 217 र 175 मत तटस्थमा परेको थियो । यसअघि संविधानसभा बैठकमा सद्भावनाका खोभारी राय र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिभा राणालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बैठकमा अस्वीकृत भएको थियो । सद्भाभावनाका खोभारी रायको प्रस्तावमा मतदान हुँदा उपस्थित सदस्य संख्या 516मा पक्षमा 8 मत परेको थियो । विपक्षमा 231 मत परेको थियो । 277 मत तटस्थ रहेको थियो । यसैगरी मत विभाजनका आधारमा भएको निर्वाचन परिणामअनुसार उपस्थित सदस्य संख्या 528 मा राप्रपाकी राणाको पक्षमा 114, विपक्षमा 231 र 183 मत तटस्थमा परेको थियो । माओवादीकी पूर्ण कुमारी सुवेदी निर्वाचित भएपछि बाँकी उम्मेदवार रमणी रामलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत भएन । संविधानसभा उपाध्यक्षका लागि दलहरुबीच सहमति बन्न नसक्दा निर्वाचन प्रक्रियामार्फ उपाध्यक्षको चयन भएको हो ।

November 19, 2008

तराईका संघर्षरत समूहहरु नयाँ संविधान निर्माणमा सकारात्मक - मन्त्री शर्मा

शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरले तराईमा सशस्त्र संघर्षरत समूहहरु शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणका विषयमा सकारात्मक रहेको बताउनुभएको छ।
तराईमा संघर्षरत विभिन्न समूहसँग वार्ता गरी राजधानी फर्कनुर्भएका शान्तिमन्त्री प्रभाकरले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनरत समूहहरुको धारणा सकारात्मक भएको बताउनुभएको हो। (more…)

November 17, 2008

शान्तिमन्त्री जनकपुरमा

शान्ति मन्त्री तथा तराईका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक जनार्दन शर्मा अचानक जनकपुर पुगेका छन् ।
हतियारधारी समूहहरुसँग वार्ता गर्न सरकारले वनाएको वार्ता समितिका संयोजक जनार्दन शर्मा मंसिर १ गते अचानक जनकपुर आएका छन् । तराईका सशस्त्र भूमिगत संगठन र सरकारी वार्ता समितिबीच वार्ता प्रक्रिया अघि बढिरहेकोबेला शर्माको आकस्मिक जनकपुर भ्रमणलाई अर्थपूर्ण तथा वार्ताकै लागि मानिएको छ । (more…)

November 13, 2008

मालेबाट मैनाली निकालिए

संविधान सभा चुनावबाट तेश्रो ठूलो बाम दल बनेको नेकपा मालेका नेता सिपी मैनालीलाई कारवाही गरिएको त्यही पार्टीका केही नेताले दावी गरेका छन् ।
सीपी मैनालीको पार्टी भनेर चिनिएको नेकपा मालेबाट मैनाली नै निकालिएको बिबादस्पद समाचार र्सार्वजनिक भएको छ । कार्तिक २८ गते राजधानीमा पत्रकार सम्मेलनमार्फत मालेका केन्द्रीय सदस्यहरु दिवाकर शर्मा, राम आचार्य, केशव नेपाल, नवराज शर्मा, दिनेश पन्थी, पदम भण्डारी, ओमकुमारी खापुङ, वसन्त नेपाल, इन्द्रकुमार झा, बच्चु राई, टेकबहादु साशंकर, मंगल चौधरी, मानबहादुर शाही, लाली रावल र पाहाङवीर केरुङले मैनालीलाई कारवाही गरिएको दावी गरेका छन् । पार्टी हितविपरित काम गरेको भन्दै सो समूहले मैनालीलाई कारबाही गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्ने समूहले मालेका वरिष्ठ नेताहरु जगतबहादुर बोगटी, विरेन्द्र थपलिया, विष्णु अर्याल, भगवती घिमिरे, जनक चालिसे र यदुवंश झाको पनि समर्थन रहेको दावी गरेका छन् ।

हिमालखबर


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons