जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 8, 2005

संयुक्त राष्ट्र संघीय उच्चायुक्तद्बारा मानव अधिकार सम्बन्धी अमेरिकाको आलोचना

Filed under: बिदेश

सप्पन के.सी.युरोप( एएफपि)-
डिसेम्वर, ८-संयुक्त राष्ट्र संघमा आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त श्रीमती लोइस अर्बोरले बोल्दै आतंककारीहरुको प्रतिरोधका निहुँमा गोप्य झ्यालखानाहरुको स्थापना गर्ने र कानूनी प्रक्रिया नै नपुर्‍याएर संदिग्ध अपराधीहरुलाई अन्य ठाउँमा सार्नखोज्ने अमेरिकाका दुष्कर्मको आलोचना गर्नुभयो। (more…)

November 27, 2005

मुसाको परिवार नियोजन !

Filed under: बिदेश

गाँउघरमा मुसाको समस्या टाउको दुःखाइको विषय रहँदै आएको छ । मुसा मार्न विषादी, खोर, फलामे जाललगायतका विभिन्न उपायहरू प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । एउटा मुसाले एक पटकमा १२-१३ वटा बच्चा जन्माउने कुरा विशेषज्ञहरू बताउँछन् । बच्चा जन्माएकै भोलिपल्ट पोथीले भाले खोज्न थाल्छे र गर्भवती भएको २० दिन जतिमा बच्चा ब्याउँछे । जन्मिएको तीन महिनामा मुसा बयस्क हुन्छ । (more…)

November 25, 2005

माईक मन्त्रीको खोकाई

Filed under: बिदेश

श्रोत : सरकारी मुखपत्र
शान्ति स्थापनाका लागि हुने क्रियाकलापप्रति सरकार सचेत

काठमाडौँ, मङ्सिर ९ गते ।
श्री ५ महाराजाधिराजको सदिच्छा एवं जनचाहना बमोजिम शान्तिको पुनःस्थापना गरी बहुदलीय प्रजातान्त्रिक शासन पद्धतिको सफल कार्यान्वयन गराउनका लागि अग्रसर रहेको वर्तमान सरकार शान्ति स्थापनाका लागि हुने कुनै पनि क्रियाकलापप्रति सचेत छ । श्री ५ को सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री टङ्क ढकालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा स्पष्ट गर्नुभएको हो । सात राजनीतिक दलले आतङ्ककारी माओवादीहरूसँग गरेको समझदारी भनी विभिन्न सञ्चारमाध्यमबाट प्रकाशमा आएको सम्बन्धमा श्री ५ को सरकारको ध्यानाकर्षा भएको मन्त्री ढकालले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । श्री ढकालले वर्तमान संविधानअर्न्तर्गत नै जनप्रतिनिधिमूलक शासनव्यवस्था सञ्चालन हुनसक्छ भन्ने विश्वास श्री ५ को सरकारको रहेको स्पष्ट पार्नुभएको छ । (more…)

६ सय पटक उठबस

Filed under: बिदेश

काठमाडौं, मंसिर ९ - निजी विद्यालयका शिक्षकले यातना दिएका ९ वर्षीय विद्यार्थीलाई अस्पताल भर्ना गर्नु परेको छ । भासी गाविस-२ को झुम्का बजारमा रहेको व्रिलियन्ट बोर्डिङ स्कुलका कक्षा ३ का छात्र सुरज चौधरीलाई शब्दार्थ नघोकेको आरोपमा शिक्षक फुलचन्द चौधरीले सोमबार छ सय पटक उठबस गराएका थिए ।
त्यति यातना पाएका बालक मंगलबार ओछ्यानबाट उठ्न नसकेपछि अभिभावकले उनले पाएको यातनाबारे थाहा पाएका थिए । अभिभावकको गुनासोका आधारमा शिक्षक चौधरीलाई अवकाश दिइएको प्रिन्सिपल सुवास राईले बताए ।

विद्यालयले सम्पूर्ण खर्च बेहोरेर विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको पीडित विद्यार्थीकी आमा शान्ताले बताइन् । न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टका अनुसार बालकको अवस्थामा सुधार आएको छ
(साभार कान्तिपुर)

November 13, 2005

नपच्ने ठठ्टा

Filed under: बिदेश

दमाम, साउदी अरब ।
१३ नोभेम्वर २००५,

हिजो दिनभर दमाममा एक किसिमको कौतुहल र निरासको वातावरण फैलियो । उधेलियाबाट एक जना मित्रले फोन मार्फत जानकारी गराउनु भयो कि विषाप्त रक्सि सेवन गरेका कारण साउदी अरबको दमाममा २० जना नेपालीको मृत्यु भयो रे । हेलिकप्टर आकाशमा उड्दै छ रे? बाटो बन्द गरेर प्रहरीले खान तलास गर्दैछ रे ? अचम्म………… (more…)

September 30, 2005

भारतीय नेता आउनु आपत्तिजनक

Filed under: बिदेश

काठमाडौं, असोज १३ - राजपरिषद् स्थायी समिति सदस्य सत्चितशमशेर जबराले भारतीय नेताहरूले नेपालमा आन्दोलनप्रति समर्थन जनाउनु आपत्तिजनक रहेको बताउनुभएको छ ।
देशभक्त संघ भक्तपुरको अन्तक्रिर्यामा उहाँले बिहीबार भन्नुभयो- ‘नेपाली जनताको विश्वासलाई लत्याएर भारतीय नेताले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आउनु आपत्तिजनक छ (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons