जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 29, 2006

आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष शेरचनको राजिनामा माग

(एजेन्सीहरु)- नेपालमा आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको प्रेस वक्तव्य जारी गरी राजिनामा माग गरेको प्राप्त जारी प्रेस वक्तव्यमा जनाइएको छ।
त्यसैगरी जारी प्रेस वक्तव्यमा उल्लेख भए अनुसार,अमिक शेरचन, पारी थापा,नवराज सुबेदि,लीलामणी जस्ता २,४ जना व्यक्तीहरुले सत्तामा गइ आफ्नो स्वार्थ पुरा गर्न पार्टीको प्रयोग गरिएको देखिएको र यसका साथै अहिलेको यस परिस्थितीमा जनमोर्चा नेपाल सरकारमा जानु भन्दा बाहिरा बस्नु नै पार्टीको सिदान्तत अति राम्रो हुने भएकोले सत्ता लिप्सामा नटासिना पार्टीलाई आहव्न गरिएको जनाइएको छ। यसैगरी वर्तमान सरकारमा जाने वा नजाने विषयमा विबाद उत्पन्न भइपछि जनमोर्चा नेपाल औपचारिक रुपमै शनिबारबाट दुइ टुक्रामा विभाजित थियो । प्राप्त जारी प्रेस वक्तव्यको पूर्ण पाठ तल रहेको छ- (more…)

April 24, 2006

काठमाडौ लगायत देशभर ब्यापक विरोध-प्रदर्शनहरु, मुलुकभरको जनजीवन तनावग्रस्त

सातदलका नेताहरूद्धारा २५ अप्रिलमा हुने प्रदर्शनहरुको नेतृत्व गर्ने!!!सरकार संकटकाल घोषणा गर्ने तयारीमा
२४अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा राजधानी काठमाडौंलगायत देशभर जनताले सरकारद्वारा लगाइएको कर्फ्युको अवज्ञा गर्दै जनआन्दोलनको अठारौं दिन पनि मुलुकभर सफलतापूर्वक ब्यापक विरोध सभा र र्‍याली सम्पन्न गरेका छन् ।यसका साथै सुरक्षाकर्मीको ब्यापक गोली, लाठी, र अश्रुग्याँस प्रहारका पछि पनि हजारौंको संख्यामा सडकमा उत्रिएका जनताले राजाको शुक्रबारको शाही घोषणा जनतालाई भ्रम पार्ने मात्र भएको भनी विरोध जनाएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

April 22, 2006

शाही सम्बोधनप्रति असन्तुष्टी व्यक्त गर्दै राजधानी काठमाडौं लगायत देशभर अझ तिब्र प्रदर्शनहरु

२२अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा आन्दोलनरत सात दलहरुले श्री ५ ज्ञानेन्द्रको आहृवान प्रति असहमति जनाउंदै जनआन्दोलन निरन्तर जारी रहने विश्वास गरेका छन र साथै श्री ५ ज्ञानेन्द्रको शाही सम्बोधनप्रति असन्तुष्टी व्यक्त गर्दै राजधानी काठमाडौं लगायत देशभर “शाही घोषणा धोका हो, नेताहरू होशियार” भन्ने जस्ता नाराहरू लगाउदै अझ तिब्र प्रदर्शनहरु भइरहेका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

April 19, 2006

राजाबाट राजनीतिक परामर्श : ‘छिट्टै निकाश निस्किने आशा’ ,भारतीय प्रधानमन्त्रीका विशेष दूत नेपालमा,आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने कर्मचारीहरूलाई पक्राउ

१९अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा श्री ५ ज्ञानेन्द्रद्धारा भूतपूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द तथा मरिचमान सिंह र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणासंग भेटवार्ता भएको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

April 18, 2006

दलहरुद्धारा देश-व्यापीरुपमा गरिएका अनेकौ प्रदर्शनहरूमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, श्री ५ ज्ञानेन्द्रबाट भूतपूर्व प्रधानमन्त्रीद्वयसंग भेटवार्ता

१८अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा सात राजनीतिक दलहरूले जारी राखेका देशव्यापी आमहड्तालको १२ औं दिन बाराको निजगढमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्युभएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी नेपालका सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,बाराको निजगढमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर निजगढ निवासी २५ वर्षिय हिरालाल गौतमको मृत्यु भएको छ । सो स्थानमा प्रहरीले २ सय ५० राउण्डभन्दा बढी फायर गरेको थियो । गोली लागि दर्जनौ घाइते भएको बुझिएको छ ।यसैक्रममा घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सुदर्शन अर्याल, सुदिप चौलागाईलगायत छन् र घाइतेहरुको वीरगंजमा उपचार भइरहेको छ । (more…)

April 17, 2006

दलहरुद्धारा सरकारलाई कर-महशुल नतिर्न आह्वान,श्री ५ ज्ञानेन्द्रबाट नेपालस्थित राजदूतहरूसंग भेटवार्ता

सप्पन के.सी.( युरोप, सम्वाददाता)
१७अप्रिल२००६(एजेन्सीहरु)-नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थापनाका लागि भन्दै सात दलले गएको चैत्र २४ गतेदेखि आह्वान गरेका चार दिने आम हडताललाई अनिश्चीत कालका लागि लम्ब्याइए पछि संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले यही वैशाख ७ गते बिहीवार काठमाडौंको चक्रपथमा आन्दोलनकारी दल लगायत समाजका सबै क्षेत्रको सहभागितामा एकिकृत पदयात्रा र प्रदर्शन गर्ने घोषणा गरेको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

April 11, 2006

सात राजनीतिक दलको आन्दोलनमा सम्पूर्ण क्षेत्रबाट सक्रिय समर्थन, देशभरको जनजीवन तनावग्रस्त

११अप्रिल२००६(एजेन्सीहरु)-
नेपालमा सरकारी निषेधाज्ञाका बावजुद सात राजनीतिक दलको आन्दोलनमा सक्रिय र्समर्थन र ऐक्यवद्धता जनाउँदै आमहड्तालको पाँचौ दिन सरकारले ‘थप कडा’ पारेको कर्फ्यु अवज्ञा गर्दै काठमाडौं लगायत देश व्यापीरुपमा कर्फ्यु अवज्ञा गर्दै गरिएका अनेकौ प्रदर्शनहरूमा राजनीतिक समाज,अधिकारवादी तथा पेसाकर्मीसहित हजारौं नेपालीहरुको उपस्थिती देखिएको छ र देशभरको जनजीवन तनावग्रस्त रहेको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

February 25, 2006

सात राजनीतिक दलहरूद्बारा आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा

२५ फेब्रुवरी २००६(एजेन्सीहरु)- सात राजनीतिक दलहरूको जनआन्दोलन परिचालन कमिटिको बसेको बैठकले आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको संचार माध्यमहरुमा उल्लेख छ। यसै क्रममा प्राप्त समाचार अनुसार,बैठकपछि घोषित आन्दोलनका कार्यक्रमहरुमा यही फागुन १८ गते दिउँसो देशव्यापी विद्यार्थीहरुले जुलुस प्रदर्शन गर्ने भएका छन् । त्यसैगरी फागुन १७ गनेदेखि २३ गतेसम्म नगरनिर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई पद त्याग गराउन विभिन्न कार्यक्रम संचालन गर्न जिल्ला जिल्लामा सर्वदलीय समन्वय समितिसमेत गठन गरेको बताइएको छ। त्यसैगरी २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौको ठहिटीबाट जुलुस निकाल्ने कार्यक्रम रहेको छ । २५ गते शाही आयोगको खारेजी, नगर निर्वाचन र निरंकुशताविरोधी आन्दोलनका विषयमा छलफल कार्यक्रम गरिने ।यसका साथै फागुन २७ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने बैठकले निर्णय गरेको छ।यसै क्रममा बैठकले थप कार्यक्रमहरु चाँडै र्सार्वजनिक गरिने उल्लेख गर्दै नजरबन्दमा रहेका सबै नेताहरुको रिहाइको माग गरेको छ। यसका साथै बैठकमा माओवादीका विषयमा समेत व्यापक छलफल भएको बुझिएका छ। बैठकले माओवादीलाई सात दलसँगको १२ बुँदे समझदारीको पालना गर्न आग्रह गर्दै शान्तिपूर्ण राजनीतिक मुलप्रवाहमा आउन आग्रह गरेको बताइएको समाचारमा जनाइएको छ।

नेपालमा राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय,आन्दोलनकारी दलहरू छलफलमा व्यस्त

२४ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय गरेको छ।यसका साथै सादा पोशाकका सुरक्षाकर्मीहरूको कडा निगरानीकाबीच एमाले केन्द्रीय कार्यालय बल्खुमा भएको दुइदिने बैठक प्रतिकुल परिस्थीतिका बावजुद महत्वपूर्ण निर्णय लिन सफल भएको उक्त दलले जनाएको संचार माध्यमहरुमा जनाइएको छ । (more…)

February 23, 2006

नेपाली कांग्रेस एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता

२३फेब्रुवरी २००६(एजेन्सीहरु)-
नेपालमा चार वर्ष अघि फुटेको नेपाली कांग्रेसलाई एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,मूल पार्टीबाट अलग्गिएको नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर वहादुर देउवाले वुधबार नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालासंग एक घण्टा भन्दा बढि समय कुराकानी गर्नुभयो।सभापति कोइरालाले गृहनगर विराटनगरबाट पार्टी एकिकरणको प्रयास थालिने घोषणा गर्नुभएको तीन दिनपछि कोइराला र देउवाबीच लामो कुराकानी भएको जनाइएको छ। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons