जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

August 17, 2008

प्रधानमन्त्री चयनमा पछारियो भारत

१-भदौ-२०६५,आइतवार
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्ड भारी बहुमतका साथ निर्वाचित हुनुभएको छ। उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउन संविधानसभामा तेस्रो दल एमाले प्रस्तावक र चौथो दल मधेसी जनअधिकार फोरम समर्थक बसेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सवालमा एमालेलाई समाप्त नपारी अघि बढ्न सकिँदैन भन्ने निष्कर्ष निकाली भित्री अभियान सञ्चालन गरिरहेको माओवादी र माओवादीलाई समाप्त पार्न स्थापित भएको मधेसी जनअधिकार फोरमबीच सहकार्य सुरु भएको छ। एकअर्कालाई समाप्त पार्न उद्यत देखिएका यी तीन दलको गठबन्धनको सहकार्यलाई राजतन्त्रको कट्टर समर्थक रहेको राप्रपा नेपालसहित संविधानसभामा रहेका २५ दलमध्ये २१ दलले समर्थन गरेका छन्। प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने हिम्मत नभएका तीन दल भने तटस्थ बसेका छन्। संविधनासभामा व्यक्त गरिएको भनाइले उनीहरु केवल बार्गेनिङ गर्दै आफ्नो स्वार्थ पूरा गराउनका लागि मात्र तटस्थ बसेका हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ। (more…)

July 13, 2008

माओवादीको सहमति प्रस्ताव कति उचित?

संबिधानसभामा सवैभन्दा ठुलो दलको रुपमा स्थापित माओवादीले आफैले प्रस्ताव गरेको ब्यक्ति नै राष्ट्रपति हुने अडान सहित सहकर्मी दलहरुलाई सहमति र सहकार्यको प्रस्ताव गरेको छ।। सरकारको नेतृत्व गर्ने दलले प्रस्ताव गरेको ब्यक्ति नै राष्ट्रपति हुने बिश्वब्यापी मान्यतालाई स्वीकार गर्नुपर्ने अडानसहित माओवादीले राष्ट्रपति र संबिधानसभा अध्यक्षलाई शक्ति बाँडफाँमा राख्न नहुने तर्क अघि सारेको छ। (more…)

June 30, 2008

माइनस गिरिजाप्रसाद इजकल्टु संसद अवरुद्ध

माइनस गिरिजाप्रसाद केही होइन तर संबिधानसभाको बैठकसम्म आइपुग्न सम्वाद, सहमति एकता र सहकार्यको जुन बाटो अबलम्बन गरियो, मुलुकको निकासको लागि त्यही बाटो अबलम्बन गर्नाेस्, संविधानसभाको ब्यवस्थापिका संसदमा बिहीबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गर्दै यस्तो सुझाव दिनुभयो। माओवादी र एमालेले मोर्चावन्दी गरी आफूलाई माइनस गरेको ठहरसहित संसद्को रोष्टममा उभिनुभएका कोइरालाले सहमति तोड्ने काम हुन थालेको भन्दै निक्कै दुःख लागेको अनुभूति सुनाउनुभयो। ‘मलाई दुःख लागेको छ, सहमति तोड्ने प्रयास भएकोमा’, कोइरालाको अनुभूति थियो। (more…)

June 15, 2008

ज्ञानेन्द्रको बुद्धिमत्तापूर्ण निर्णय

राजतन्त्रको अन्त्य गर्ने संविधानसभाको निर्णयलाई कार्यान्वयन गर्न सहयोगीको भूमिका सम्पन्न गरेको उद्घोष गर्दै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीबाट सहजरूपमा बाहिरिएका छन्। गत जेठ १५ गतेको संविधानसभा बैठकले परम्परागतरूपमा रहेको राजतन्त्रको अन्त्यसहित उनलाई नागरिक भएको घोषणा गर्दै पन्ध्र दिनभित्र नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो। नारायणहिटीबाट उनको वहिर्गमनसँगै गणतन्त्र कार्यान्वयनको घोषणाले मूर्तरूप लिएको छ। (more…)

June 2, 2008

गणतन्त्र घोषणापछिका चुनौतीहरू

जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षदेखि मुलुकमा शासन गर्दै आएको सामन्ती निरंकुश राजतन्त्रको अन्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको छ। संविधानसभाको यस ऐतिहासिक निर्णयसँगै मुलुकका लागि अभिशाप बनेको सामन्ती राजतन्त्रको दलदलबाट नेपाली जनताले सदाका लागि छुटकारा पाएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। मुलुकमा शान्ति, विकास र अग्रगमनको ढोका पनि खुलेको छ। राजतन्त्र अन्त्यका लागि रगत बगाउने र जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूको सपना पूरा भएको छ।
गणतन्त्र कार्यान्वयनका लागि ऐतिहासिक संविधानसभाले संवैधानिक राष्ट्रपतिको व्यवस्थासहित अन्तरिम संविधान संशोधन समेत गरेको छ। कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित गर्दै राष्ट्रपतिले त्यसलाई औपचारिक दिने गरी शक्ति सन्तुलन र संयोजनको लागि भएको यस व्यवस्थाले शासनसत्तामा रहनेहरू जनताप्रति उत्तरदायी हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ। जेठ १५ को गणतन्त्र घोषणा राजतन्त्रले नेपाली जनतामाथि गरेको शोषण, अन्याय, अत्याचार र दमनको उपज हो। जनतालाई सदैव दास देख्ने प्रवृत्तिको फल हो। तत्कालीन राजा वीरेन्द्रको वंश विनाशको आरोप लागेका ज्ञानेन्द्रको महत्वाकांक्षा पनि एउटा प्रमुख कारण हो। (more…)

May 19, 2008

एमाले नेतृत्वसामु देखिएका चुनौतीहरू

लामो बहसपछि एमाले केन्द्रीय कमिटीले पाका तथा अनुभवी नेता झलनाथ खनाललाई महासचिवमा पदस्थापन गरेको छ। जननेता मदन भण्डारीको रहस्यमय हत्यापछि निरन्तर १५ वर्षसम्म पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएका निवर्तमान महासचिव माधवकुमार नेपालको प्रस्तावअनुरूप खनाललाई केन्द्रीय कमिटीले सर्वसम्मतरूपमा महासचिवको जिम्मेवारी सुम्पिएको छ। कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा स्थापना गर्न जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादी सिद्धान्तको कट्टर विरोधी हो भन्ने आरोप खेप्दै आउनुभएका खनाललाई सर्वसम्मतिबाट प्रमुख नेताको रूपमा पदस्थापन गरी एमालेले जनअनुमोदित र परिवर्तनअनुरूपको नेतृत्वचयन गरिएको प्रष्ट सन्देश दिएको छ भने एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादविरोधी नेता कोही छैन भन्ने प्रमाणित पनि गरेको छ। पार्टीभित्र फैलँदै गएको निराशा र आन्तरिक गुटबन्दीलाई निरुत्साहन गर्न केन्द्रीय कमिटीको यस निर्णयले निक्कै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ। (more…)

May 12, 2008

दलहरूको मलामी बनेको नेपाली प्रेस

२९-वैशाख-२०६५,आइतवार

जनतामा सही सूचना पुर्यााउने अभिभारा बोकेको नेपाली प्रेस यतिबेला सबै क्षेत्रबाट उपेक्षित बनेको छ। राजतन्त्र फाल्ने उद्घोषसहित जनयुद्धमा होमिएको माओवादीबाट एकाउन्न प्रतिशत लडाइँ लडेको उपमा पाएको र राजा ज्ञानेन्द्रको तानाशाही कदमविरुद्ध सबैभन्दा अग्रपंक्तिमा उभिएर आन्दोलनको नेतृत्व गरेको नेपाली प्रेस अहिले ती सबै शक्तिहरू सत्तामा रहादा भने उपेक्षाको शिकार बनिरहेको छ। सत्ताबाहिर रहादा सदैव प्रशंसा गरेर नथाक्ने दलहरूले सत्तामा पुगेपछि नेपाली प्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकालाई चटक्कै बिर्सिएका छन्। सबैको अधिकारको लागि आवाज उठाइदिने नेपाली प्रेस आफै अहिले सबैतिरबाट उपेक्षा नै उपेक्षाको दलदलमा फस्न बाध्य भएको छ। (more…)

January 28, 2008

टेलिकममा देखिएको माओवादी ‘समानता’

गणेश बस्नेत
‘टेलिकमको शेयर बिक्री प्रकरणले ज्ञानेन्द्रको तानाशाही शासनकाललाई पनि बिर्साएको छ, यत्ति ठूलो विभेद इतिहासमा कहिल्यै भएको थिएन,’ नेपाल टेलिकमको शेयर खरिद गर्न जाने जो–कोही सर्वसाधारणले यस्तै अनुभूति गरिरहेका छन्। टेलिकमले आफ्ना कर्मचारीका लागि प्रतिशेयर ९० रुपैयाँ र सर्वसाधारणका लागि ६ सय मूल्य कायम गरी सर्वसाधारणलाई सय कित्ताभन्दा कम शेयर खरिद गर्न नपाउने व्यवस्था गरेपछि यस्तो अनुभूति बाहिर आएको हो। धनाढ्यवर्गको मात्र पहुँच पुग्नेगरी शेयर खरिद प्रकृया खुल्ला गर्दै टेलिकमले सामान्य लोककल्याणकारी अवधारणालाई समेत तिलाञ्जली दिएपछि सर्वसाधारणले यस्तो अनुभूति गर्नु स्वाभाविक पनि हो। (more…)

January 30, 2006

माओवादीद्वारा ललितपुरका मेयर पदका उम्मेद्धार राईमाथि गोली प्रहार

सरकारले सुरक्षा नदिएको पीडित परिवारको आरोप
काठमाडौं, माघ १७
माओवादीहरुको एक समूहले ललितपुर उपमहानगरपालिकाको मेयर पदका एक जना प्रत्यासी दलबहादुर राईको गोली हानी हत्या गर्ने प्रयास गरेका छन् । आज अपरान्ह सवा २ बजे ललितपुरको मानभवनस्थित आफ्नो निजी कम्पनी नमस्ते कन्स्ट्रक्सनको कार्यालयमा बसीरहेको अवस्थामा आएका दुइ जना बन्दुकधारीले राईमाथि गोली प्रहार गरेका थिए । राईलाई बाया हातको पछाडीपट्टी गोली लागेको छ । घाइते राईको पाटन अस्पतालमा उपचार भइरहेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार भएका राई कन्स्ट्रसन कार्यालयमा बसीरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार बा. ५ प अल्फावेटको नम्बर नखुलेको मोटरसाइकलमा आएका दुइ जनामध्ये एक जना कार्यालयभित्र पसी गोली प्रहार गरेका थिए भने अर्का एक व्यक्ति मोटरसाइकलमै बसेका थिए । (more…)

January 28, 2006

नामै नसुनिएकाहरू उम्मेदवार

सात दलको बहिष्कार र माओवादी दबाबका कारण बिहीबार नगर निर्वाचनका लागि उम्मेदवारी दर्ता निराशाजनक भएको छ । सार्वजनिक जीवनमा कुनै प्रभाव नभएका र अधिकांश अपरिचित व्यक्तिहरूले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले प्रस्तावक, समर्थक र तस्वीरैबिना उम्मेदवारी दिन सक्ने निर्णय अघिल्लो दिनमात्र गरेको थियो । नाम नसुनिएका व्यक्तिहरू विना प्रचार प्रसार, धेरैजसो एक्लै, लुकिछिपी, प्रायः चोरबाटोबाट निर्वाचन कार्यालय पुगेका थिए । मेयर र उपमेयरका निम्ति एकभन्दा बढी उम्मेदवारी परे पनि वडाध्यक्ष र सदस्यका निम्ति धेरै नगर रिक्त भएका छन् । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons