जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 12, 2006

दण्ड हीनता अन्त्यका लागि जोड

वासिंगटन डि.सी. जुन १२, २००६
संयुक्तराष्ट संघ एशोशियसन यु.एस.ए को डि.सी. मा जुन १० मा आयोजित अन्तराष्टीय कन्भेन्सनमा अधिवक्ता दिनेश त्रिपाठीले नेपालको समसामयिक अवश्थाका वारेमा वोल्नु भएको थियो । त्यस क्रममा अधिवक्ता त्रिपाठीले नेपाली जनताको बहादुरीपूर्ण् संर्घष्मा राजा नतमस्तक भएर झुक्न वाध्य भएको र नेपालमा अहिले युगान्तकारी परिवर्तन भएको चर्चा गर्दै थप भन्नु भयो , यस अवश्थामा नेपालमा दिगो शान्ती, लोकतान्त्रीक एवं आर्थिक, सामाजिक र न्यायीक प्रकृयालाई स्तायीत्व प्रदान गर्न संयुक्त राष्टसंघ तथा अन्तराष्टीय समुदायले आवश्यक सहयोग गर्नु जरुरी छ । (more…)

April 9, 2006

परदेशी मन

बैरागी कान्छा
साउदी अरब

समुन्द्र पारी प्रवाश मै रह्यौ
तै पनि यो मन आन्दोलित छ
मुक्तिको नारा चर्काउन पाएनौ
बिरानो देशमा बन्दीको हाल छ।

गोलीको छर्राले स्वदेशमा दाग्यो
पिडाले देश छटपटिएको छ
उज्यालो पार्ने बस्तिको दियो
घर घरको दलिनमा सजिएको छ ।

जाग हे सारा बर्गिय मित्र
देउरालीमा प्रतिक्षा गरे या नगरे
रक्तिम यात्राको सजिब चित्र
कोरेरै आउने छु परदेशमा नमरे।

शहिदको रगतमा देशको आकृती
झण्डामा रातो दाग लाग्यो
सदियौ देखिको सामन्ती प्रवृती
अन्तेष्ठी मार्गमा आफै लाग्यो ।

November 16, 2005

अल जवालको नयाँ सुबिधा

बिष्णु अधिकारी
दमाम
के तपाईको मोवाईलमा Miss Call गर्ने पैसा पनि छैन ? Message पठाउने पनि पैसा छैन ? अब चिन्ता नगर्नुहोस । साउदी टेलिकमको अल जवाल( Al-Jawal)ले हामी ग्राहकहरुलाई नयाँ सुबिधा उपलब्ध गराएको छ ।
तपाईको मोवाईलमा ब्यालेन्स निल भए पनि Miss Call गर्न सक्नु हुन्छ । यो सेवा लोकल तथा अन्तराष्ट्रिय नम्बर सम्म उपलब्ध छ । यस्को लागी निम्नानुसार गर्नुहोला

लोकल कलको लागी *177*आफुले कल गर्न चाहेको नम्बर# अनि कल गर्नुहोस
अन्तराष्ट्रिय कलको लागी *177* आफुले कल गर्न चाहेको नम्बर# अनि कल गर्नुहोस ।
तपाईले चाहेको ब्यक्तिको नम्बरमा Please Call me र तपाईको नम्बर जाने छ । सेवाको फाईदा लिन नभुल्नु होला । (more…)

November 10, 2005

साउदीमा पसिना बेच्नेहरु

ल है साथीहो अवत साउदीमा पनि धेरै संघ संगठन खुलेछनका रे
हाम्रो पिर मर्का सुन्छन रे ।।
केहि गर्न नसके महिनाको एकचोटी लेभी भने साउदी रियाल लिन्छन रे
अनि वेलावेलामा व्यापारीलाई समाजसेवी भनेर दोसल्ला प्रमाणपत्र र साउदी वाहु भनेर मेडल पनि दिन्छन रे ।।
तेति मात्र कहाँ हो र -
कस्लाई दिनु पर्ने थाहा नभएर रोलक्रम पनि मिच्छन रे ।।
उल्टो सुल्टो जसरी भएपनि दिन चाही दिन्छन रे
अचम्मको कुरा, समाज सेवकहरु भाषण गर्दा गर्दै रुन्छन रे ।।
तर पछाडी पैसा तिरेर कार्यक्रम हेर्नेहरु रिसले “आउट” “आउट” भन्दै गाली गर्छन रे
काम गर्ने कालु माम खाने भालु भन्दै कलाकार चाहीं रुन्छन रे ।।
अनि, राष्ट्र वचाउन सवै नेपाल फर्क म चाहीं नेतागिरी गर्र्छु भन्छन रे
ल है साथीहो अव त साउदीमापनि धेरै संघ संगठन खुलेका छन रे ।।

( यो कबिता हामीहरुलाई कमेन्ट मार्फत प्राप्त भएको हो । यस कबिताबाट कसैलाई चोट पुग्न गए प्रेषक नै जवाफदेही हुने छन् । )

कमेण्ट मार्फत यो कविता पठाउनुहुने मित्रलाई धेरै धन्यवाद । तपाईको कबिता दुई दिनमा छ सय पैसठ्ठी जना पाठकहरुले अध्यायन गर्नु भयो भने अड्चालिस जनाले फोनबाट प्रतिकृया तथा धम्कि दिनु भयो । वेभ मार्फत कमेण्ट पच्चिसवटा प्राप्त भए पनि पत्रकारीता धर्म निर्भाह गर्दै सेन्सर गर्नु पर्ने बाध्यत्मक परिस्थिति आयो ।

कलमलाई निरान्तरता दिनु हुने छ भन्ने आशा लिएका छौँ ।
-लाली गुराँस समुह

November 6, 2005

साउदी अरबबाट समबेदना

यु. ए, ई. दुबईस्थीत अरबटेक कंम्पनिमा ग्याङ्गफाइटबाट नेपालीको मृत्युको समचारले हामीलाई अत्यन्त दुःखी तथा मर्माहत तुल्याएकोछ । बिदेशी कामदारसँगको भनाभनले उब्जिएको निउँबाटै ग्याङ्गफाइट भएर नेपालीको मृत्यु हुनु अत्यन्तै दुःखदायी र हृदयबिदारक घटना हो । सुनौलो भबिष्यको सपना बोकेर आउनु भएका जो-कोहि प्रवासीहरु प्रदेशमा यस्तो अप्रत्यासित घटनाबाट असामहिक मृत्यु हुनुले सम्पुर्ण प्रवासीहरुको मुटु छियाछिया पारेकोछ । उत्त घटनाबाट मृत्यु हुनु हुने खोटाङ्ग जिल्ला च्रिराङ्ग गाबिसका बिश्व र्राईको आत्माको चिरशान्तिको कामना यस समितिले गर्दछ । साथै निजको परिवारलाई परेको असिम बियोगलाई धैर्य धारणा गर्ने शक्ति प्रदान गर्न परमेश्वर सँग यस समिति प्रार्थना गर्दछ । उत्त घटनाबाट घाईते हुनु भएका नेपालीहरुको सिघ्र स्वास्थ्यलाभको कामना पनि यस समितिले गर्दछ ।

अन्त्यमा दुबई स्थित राजदूतावासले सम्बन्धित निकायमा ठोस पहल गरि मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीहरुलाई कडा सजाय दिलाउनको लागि पनि यस समिति हार्दिक अपिल गर्दछ ।

प्रवासी नेपाली सेवा समिती
दमाम, साउदि अरब
०६ नोभेम्बर २००५

साउदी अरवमा नेपाली संस्थाहरु र लुम्विनी प्रवासी मञ्चको कार्यक्रम

गत नोभेम्वर ४ मा लुम्विनी प्रवासी सम्पर्क मञ्चद्वारा आयोजित दोस्रो साँस्कृतिक कार्यक्रम हेर्ने अवसर यो पंक्तिकारले पनि पायो । आयोजकद्वारा साँझ ६ वजे नै हल प्रवेश भनिएतापनि राती झण्डै १२ वजे मात्रै शुरु गरिएको उक्त कार्यक्रममा वास्तविक साँस्कृतिक कार्यक्रम भने विहान ३ वजे मात्र शुरु भएपनि समग्रमा उक्त कार्यक्रम राम्रो नै भन्नु पर्छ र आयोजक संस्था तथा यसका प्रतिभाशाली कलाकारहरुलाई सह्रानिय प्रयासकालागि धन्यवाद दिनै पर्छ ।

(more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons