एमाले अध्यक्षमा झलनाथ निर्वाचित
बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट नेकपा एमाले अध्यक्षमा झलनाथ खनाल ९१३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खनालले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले भन्दा ११७ मत बढी प्राप्त गरेका छन् । ओलीले ७९६ मत प्राप्त गरेका छन् । महाधिवेशनमा कुल १ हजार ७ सय ९३ मत खसेको थियो ।
महाधिवेशन प्रतिनिधिले पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को रक्षा, माओवादीसँग वैचारिक संघर्ष, सरकारको प्रभावकारितामा जोड दिएका थिए । जुनसुकै सरकारमा सहभागी हुने प्रवृत्तिदेखि उद्घाटनमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको विशेष महत्त्वप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।
प्रतिस्पर्धी र मत
अध्यक्ष झलनाथ खनाल ९१३
केपी ओली ७९६
उपाध्यक्ष
अशोक राई ११९९
वामदेव गौतम ८६५
विद्या भण्डारी ८५१
भीम रावल ७२२
साहना प्रधान ६१८
भरतमोहन अधिकारी ६००
महासचिव
ईश्वर पोखरेल ९३५
प्रदीप नेपाल ७३२
सचिव
विष्णु पौडेल १२६२
शंकर पोखरेल १०५८
युवराज ज्ञवाली ८३५
रघुवीर महासेठ ६५७
राजेन्द्र श्रेष्ठ ६७२
रामचन्द्र झा ४८७

गृह पृष्ठ
