जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 17, 2009

एमाले महाधिवेशन /देश चलाउने पालो अब कम्युनिष्टकोः प्रधानमन्त्री /बन्द सत्र सुरु, सर्वसम्मत नेतृत्वका लागि दवाब

बुटवल, फागुन ६ -
प्रधानमन्त्री एवं एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देश चलाउने पालो कम्युनिष्टको रहेकाले एउटै कम्युनिस्ट केन्द्रको स्थापना हुनुपर्ने बताएका छन् । उनले त्यो धेरै टाढाको बिषय नभएको बताउदै अहिलेदेखिनै परिपक्वता र समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
एमालेको आठौ महाधिवेशनको उदघाटन अवसरमा बोल्दै उनले हिजोका प्रतिक्रान्तिकारीहरु र यथास्थितिबादीले अब यो देशको नेतृत्व गर्ने सपना नदेख्न चेतावनी दिदै अब कम्युनिस्टको पालो आएको बताए ।
दाहालले प्रगतिशिल र बामपन्थी शक्तिहरुको बीचमा फुट पारेर फेरी लुट, भ्रष्टाचार र बिकृति भित्राउन चाहनेलाई कदापि छुट दिने पक्षमा आफूहरु नरहेको बताउदै त्यसको निम्ति संघर्ष गर्न तयार रहेको बताए ।
उनले फुटाउने र लडाउने षडयन्त्रको शिकारबाट बच्न आग्रह गर्दै भने, प्रतिक्रान्तिकारीहरु र प्रतिकृयवादीहरुले एमालेलाई दक्षिणपन्थी धारमा धकेल्न धेरै ठूलो कसरत गरेका छन् ।
उनले नेतृत्व कोही दायाँ र कोही बायाँ बिचलनको शिकार भएको बताउदै कम्युनिस्टहरुको हातमा आएको अहिलेको ठूलो अवसर चिन्न नसक्दा बाँदरको हातमा नरिवलको अवस्था आउनसक्ने टिप्पणी गरे ।
ठोस बस्तुको ठोस बिश्लेषण गरेर साहसपूर्बक अघि बढ्ने बेलामा हामी चुकेका छौ, दाहालले अहिले देशको नेतृत्व कम्युनिस्टहरुको हातमा छ । परिपक्वता नदेखाउदा कतै यो बाँदरको हातमा नरिवल त बन्दैन ?
कार्यक्रममा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको संस्कृति फेरी सुरु भएकोमा खुशी प्रकट गरेका थिए ।
एमाले महासचिव झलनाथ खनालले माओवादीले भन्दै आएका कुरा व्यवहारमा कार्यान्वयन नआएकाले अविश्वास बढेको बताएका थिए ।

बन्द सत्र सुरु, सर्वसम्मत नेतृत्वका लागि दवाब
नेकपा एमालेको बुटवलमा जारी महाधिवेशनमा कार्यकर्ताहरुबीच सर्वसम्मत नेतृत्वका लागि नेतृत्वमाथि दवाब बढेको छ । महाधिवेशनको दोस्रो दिन मंगलबार बन्द सत्र सुरु भएको छ । बन्द सत्रसँगै नेतृत्वका लगि नेताहरुबीच सहमति कायम गराउन कार्यकर्ताहरुले लविङ सुरु गरेका छन् । समूहत रुपमा प्रतिनिधिहरु सहमतिका लागि दवाब दिन नेताहरुसँग भेटघाट गरिरहेका छन् । बन्द सत्रभित्र सहमतिका पक्षमा बलियो रुपमा आवाज उठ्ने प्रतिनिधिहरुले बताएका छन् ।
यद्यपी, नेतृत्वको विषयमा नेताहरुबीच समझदारी कायम भइनसकेको महाधिवेशनस्थलबाट ई-कान्तिपुर संवाददाता राजेन्द्र फुयालले बताएका छन् ।
महाधिवेशन स्थलमा संचारकर्मीसंग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले सर्वसम्मत नेतृत्व चयन गर्न अधिकतम प्रयास भइरहेको बताएका छन् । सर्वसम्मतका लागि के तपाईले आफ्नो दावी छाडनुहुन्छ त भन्ने प्रश्नमा उनले ‘आफू पछि हट्ने नभै अघि बढ्ने व्यक्ति भएको’ प्रतिकि्रया दिए ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2009/02/17/p806/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons