जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 6, 2009

लोडसेडिङले गर्भवती बढे


सुरज कुँवर- काठमाडौं, माघ २४
प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए । होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । अध्ययनसँगै रोजगारका लागि मेलवर्न जाने तयारीमा रहेका शर्माले गर्भ रहनुको दोष लोडसेडिङलाई दिए । पुतलीसडकस्थित एक कम्प्युटर मर्मत केन्द्रमा आबद्ध उनले ख्यालख्यालैमा गर्भ रहेको बताए ।
गत मंसिरमा मागी बिहे गरेका शर्माले गोजीबाट युरिन टेस्ट (पिसाब परीक्षण) को रिपोर्ट झिकेर छेउमै बसेकी पत्नीलाई थमाउँदै परिचय नखुलाउन आग्रह गर्दै भने, ‘लोडसेडिङले गर्दा दिन/रात डेरामा उनीसँगै बित्छ ।’ पछिल्ला दिनमा लोडसेडिङका कारण गर्भ रहेको स्वीकार्ने शर्मा जोडी एक्ला होइनन् । उनीहरूजस्तै परोपकार प्रसूतिगृह थापाथली, पाटन अस्पताल र विभिन्न नर्सिङ होममा देखा पर्न थालेका छन् । प्रसूतिगृह र पाटनले उपलब्ध गराएको तथ्यांकअनुसार गर्भ रहनुको प्रमुख कारण अस्थायी साधन प्रयोग नगर्नु, दम्पतीको लापरबाही रहनुसँगै लोडसेडिङ पनि जोडिएको छ ।
‘यो प्रमुख कारण होइन तर यो पनि एउटा कारण हुन पुग्यो’ प्रसूतिगृहको गर्भपतन सेवा केन्द्रकी प्रमुख चिकित्सक सुधा थापाले भनिन्, ‘सहरी बस्तीका दम्पतीमा गर्भ रहनुमा अँध्यारो पनि कारण बन्न थालेको छ ।’ थाहा पाउनेबित्तिकै चलाख दम्पतीले निजी र सरकारी स्वास्थ्य केन्द्रमा गर्भपतन गराउने गरेको उनले बताइन् । विद्युत् राष्ट्रिय प्रशारण लाइनबाट तीन वर्षयता हिउँदमा दैनिक न्यूनतम सात र अधिकतम १६ घन्टासम्म लोडसेडिङ हुने क्रम जारी छ । जनजीवन, कार्यालय, व्यापार, उद्योगसम्ममा असर पारेको लोडसेडिङले पछिल्ला दिनमा फुर्सदीला भएका दम्पतीमा बढाइरहेको यौनकर्म र गर्भबारे चिकित्सक र स्वास्थ्य केन्द्रमा तथ्यांक संकलन भने गरिएको छैन ।
पाटन अस्पतालकी चिकित्सक अल्का सिंहका अनुसार नेपालमा तीन वर्षयता बढिरहेको लोडसेडिङको प्रजनन क्षेत्रमा असर आगामी वर्षबाट देखापर्नेर् सम्भावना छ । डेरा गरी बस्ने जोडीमा लोडसेडिङले बढी प्रभाव पारेको छ । अर्का चिकित्सक पवन शर्मा भन्छन्, ‘सेक्सुवल एक्टीभीटी बढेको छ, लोडसेडिङ नहुँदा काममा जोतिने अधिकांश दम्पती तनावमा मेटन (यौनानन्द) हुने सम्भावना कम हुन्थ्यो तर फुर्सदिला भएपछि फ्रिक्वेन्सी बढ्छ ।’ पाटनकै मेडिकल रेकर्डर मीना दवाडीका अनुसार पछिल्ला दिनमा कार्यशालामा समेत गर्भवती र गर्भपतनको संख्या बढाउन लोडसेडिङको प्रभावबारे चर्चा हुन थालेको छ ।
प्रसूतिगृहमा गत वर्ष २४ हजार २ सय २५ महिलाले बच्चा जन्माए भने १८ हजार ६ सय ६० महिलाले गर्भपतन गराए । रेकर्ड शाखा प्रमुख शान्ति वैद्यका अनुसार सरदर दैनिक ६६ महिलाले गर्भवती सेवा र ५१ ले गर्भपतन गराउँछन् । पाटन अस्पतालको रेकर्डअनुसार गत वर्ष ७ हजार ९ महिलाले बच्चा जन्माएका थिए । दुवै अस्पतालको तथ्यांकअनुसार हिउँदमा भर्ना हुनेको संख्या बढी छ । यो तथ्यांकअनुसार रोजगारीको खोजीमा सहर पसेका अधिकांश २५ देखि ३५ वर्ष उमेरका महिलाको सहभागिता बढी छ । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिनु र निःशुल्क प्रसूति सेवा प्रदान गर्नुले पनि संख्या बढी देखिएको प्रसूति गृहकी निर्देशक शिला बर्माले बताइन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ०५९ मा वैधानिकता दिइएपछि २ लाख २० हजारभन्दा बढीले गर्भपतन गरेका छन् । गर्भपतन गराउन मन्त्रालयबाट २ सय १९ संस्थाले अनुमति पाएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2009/02/06/p805/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons