जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 1, 2009

माओवादी कार्यकर्ता एमालेमा

काठमाडौं, पुस १७ -
माओवादीका जिल्ला तहका नेताहरूसहित केही कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरेका छन् । एमालेले १ सय २१ जना माओवादीहरू आफ्नो पार्टीमा प्रवेश गरेको कार्यक्रममा बताए पनि टीका र खादा लगाउनेको संख्या करिब पचास मात्रै देखिएको थियो ।
पार्टी प्रवेश गरेकालाई एमाले महासचिव झलनाथ खनालले रातो टीका र खादा लगाएर स्वागत गरेका थिए । माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको घटनालाई महासचिव खनालले ‘ऐतिहासिक’ भन्दै पार्टीको सिद्धान्त सही रहेकै कारण प्रवेश गर्नेहरूको लहर चल्न थालेको बताए ।

एमाले प्रवेश गर्ने टोलीको नेता रहेका माओवादी जिल्ला कमिटीका पूर्वसदस्य दीपक पुनले एमालेको सिद्धान्त सही भएका कारण पार्टी परिवर्तन गरेको बताए । पुनले माओवादी पार्टी नवसामन्तवादी भएको, जनयुद्धका घाइतेलाई नहेरी क्रान्तिकारी कुरा मात्रै गरेकाले पार्टी छाड्नु बाध्य भएको बताएका थिए । उनले मजदुर नेता सालिकराम जमरकट्टेललाई ‘भ्रष्टाचारी’ र वाईसीएलका उपत्यका प्रमुख सागरलाई ‘अपराधी टोलीका नाइके’ भएको आरोपसमेत लगाएका थिए । कार्यक्रममा जिल्ला सदस्य १५ सहित १ सय २१ जनाले एमाले प्रवेश गरेको बताइएको थियो । तर महासचिव खनालको हातबाट टीका र खादा लगाउनेको संख्या करिब ५० मात्रै थियो ।

संख्या कम देखिएपछि कार्यक्रम सञ्चालकले सुरक्षाका कारण सबै उपस्थित हुन नसकेको बताएका थिए । मञ्चमा गई टीका लगाउनेहरूमा बच्चा, युवा, महिला र वृद्धसमेत देखिन्थे ।
त्यस अवसरमा महासचिव खनालले अनुशासनका नाममा अन्य पार्टीमा प्रवेश गर्न पाउने मौलिक हकलाई कुण्ठित हुने गरी धाकधम्की देखाएर रोक्ने प्रयास गरे त्यो एमालेलाई सह्य नहुने चेतावनी दिएका थिए ।

स्वागत कार्यक्रमका अध्यक्ष तया युथफोर्सका उपत्यका प्रमुख महेश बस्नेतले बोल्ने क्रममा माओवादीविरुद्ध जथाभावी टिप्पणी गर्न थालेपछि खनालले अनावश्यक कुरा बढी नबोल्न मञ्चबाटै सचेत गराएका थिए । बस्नेतले युथफोर्सको गठनपछि देशभर भएको झडप र भिडन्तमा आफूहरूले जितेको बताउँदै भौतिक संघर्षको जिम्मेवारी आफूहरूले पाएका बताएका थिए । उनले माओवादी वाईसीएल क्याम्पलाई यातनागृह, सुँगुर पाल्ने खोर भएको आरोपसमेत लगाए ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2009/01/01/p804/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons