जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 17, 2008

शान्तिमन्त्री जनकपुरमा

शान्ति मन्त्री तथा तराईका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक जनार्दन शर्मा अचानक जनकपुर पुगेका छन् ।
हतियारधारी समूहहरुसँग वार्ता गर्न सरकारले वनाएको वार्ता समितिका संयोजक जनार्दन शर्मा मंसिर १ गते अचानक जनकपुर आएका छन् । तराईका सशस्त्र भूमिगत संगठन र सरकारी वार्ता समितिबीच वार्ता प्रक्रिया अघि बढिरहेकोबेला शर्माको आकस्मिक जनकपुर भ्रमणलाई अर्थपूर्ण तथा वार्ताकै लागि मानिएको छ ।

राजधानीबाट जनकपुर आएको बुद्ध इयरको बिमानबाट उत्रेका मन्त्री शमाले संचारकर्मीहरुसँग कुरा गर्न नचाहनुले पनि उनको जनकपुर भ्रमण बेशी अर्थपूर्ण बनेको हो । संचारकर्मीहरुको आग्रहपछि उनले मधेश घुम्न आएको प्रतिक्रिया दिए । ‘मधेशको स्थिती बुझ्न र निरिक्षण गर्न आएको हुँ’ मन्त्री शर्माले भने । उनीसँग तीन जना अंगरक्षक मात्र जनकपुर आएका छन् । जनकपुरस्थित सुरक्षाकर्मीहरुका अनुसार, मन्त्री आउने जानकारी उनीहरुलाई आज बिहान मात्र प्राप्त भएको थियो । मन्त्री शर्माको आज जनकपुरमै बस्ने कार्यक्रम रहेको छ ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/11/17/p801/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons