कुनै अपराधीले मुक्ति पाउदैन
कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त माओवादी जनमुक्ति सेनाका निलम्बित डिभिजन कमाण्डर कालिबहादुर खामले कुनै हालतमा मुक्ति नपाउने दावी उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गरेका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले ढिलो भए पनि अपराधीले कुनै हालतमा मुक्ति नपाउने बताएका छन् । बिधायिका संसद बैठकमा सभासदहरुको प्रश्नको जवाफ दिदै गृहमन्त्री गौतमले अपराधी पक्राउ गर्न आफूले नसके अर्को गृहमन्त्री आएर पनि त्यो काम गर्ने उल्लेख गरे । कोटेश्वरका ब्यपारी रामहरि श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी जनमुक्ति सेनाका निलम्बित डिभिजन कमाण्डर कालिबहादुर खाम अझै पक्राउ नपरेकोबारे सभासदहरुले उठाएको प्रश्नको जवाफ दिदै गौतमले यसो भनेका हुन् । गृहमन्त्री गौतमले प्रहरीको पहुँच भएको ठाउँमा जाँचपड्ताल र खानतलासी गरिने प्रतिवद्धता पनि संसद बैठकमा ब्यक्त गरे ।
गृहमन्त्री गौतमले खामलगायत अभियुक्तहरुको नाममा सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको तथा अभियुक्त गोबिन्द बटाला हिरासतमा रहेको जानकारी दिए । ‘उनीहरुले अपराध कुनै न कुनैरुपमा स्विकार गरेका छन्’ गौतमले भने । गृहमन्त्री गौतमले तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता मारिएको कपिलवस्तु घटनाका दोषीलाई पनि कारवाही हुने उल्लेख गरे ।
हिमालखबर डट कम

गृह पृष्ठ
