जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 10, 2008

संविधानसभा नियमावली प्रस्तुत

मस्यौदा समितिले तयार पारेको ‘संविधानसभा नियमावली मस्यौदा’ संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । संविधानसभा नियमावली मस्यौदा संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले सो मस्यौदा कार्तिक २५ गतेको वैठकमा प्रस्तुत गरेका हुन । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावली मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधानसभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नियमावली लामो समयसम्म पारित हुन सकेको थिएन । समितिको कार्तिक २४ गतेको वैठकले, विवेकको मत कि पार्टी ह्विप भन्ने उल्लेख नगरेरै नियमावली पास गरेको थियो । (more…)

कुनै अपराधीले मुक्ति पाउदैन

कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त माओवादी जनमुक्ति सेनाका निलम्बित डिभिजन कमाण्डर कालिबहादुर खामले कुनै हालतमा मुक्ति नपाउने दावी उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले ढिलो भए पनि अपराधीले कुनै हालतमा मुक्ति नपाउने बताएका छन् । बिधायिका संसद बैठकमा सभासदहरुको प्रश्नको जवाफ दिदै गृहमन्त्री गौतमले अपराधी पक्राउ गर्न आफूले नसके अर्को गृहमन्त्री आएर पनि त्यो काम गर्ने उल्लेख गरे । कोटेश्वरका ब्यपारी रामहरि श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी जनमुक्ति सेनाका निलम्बित डिभिजन कमाण्डर कालिबहादुर खाम अझै पक्राउ नपरेकोबारे सभासदहरुले उठाएको प्रश्नको जवाफ दिदै गौतमले यसो भनेका हुन् । गृहमन्त्री गौतमले प्रहरीको पहुँच भएको ठाउँमा जाँचपड्ताल र खानतलासी गरिने प्रतिवद्धता पनि संसद बैठकमा ब्यक्त गरे । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons