जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 31, 2008

विमानस्थल भन्सारमा कडाइ

काठमाडौं,
विदेश गएर आउँदा आफूलाई ल्यापटप, टीभी, म्युजिक सिस्टम र साथीभाइलाई उपहार ल्याउने सोचमा हुनहुन्छ भने एकपटक अन्तराट्रिय बिमानस्थलस्थित भन्सार कार्यालयको सूचना हेरेर जानुहोला ।
अर्थ मन्त्रालयले कात्तिक १ देखि लागू हुने गरी भन्सार ऐनअर्न्तर्गत ‘निजी गुन्टा झिटी भारी’ सम्बन्धी प्रावधानमा परिवर्तन गरी कडाइ गरेको छ । मन्त्रालयले महसुल छुटमा ल्याउन पाउने सामानको सूचीलाई ‘अनुसूचीको सट्टा दफा समावेश गरी सरल र समसामयिक बनाएको बताएको छ ।

छोटो समय विदेश यात्रा गरेर फर्कने नेपालीले विगतमा जस्तो भन्सार छुटमा केही ल्याउन नपाउने भएका छन् । ६ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्कने यात्रुले पाँच हजार मूल्यसम्म र एक वर्षन्दा बढी अवधि विदेशमा बसी र्फकने यात्रुले दस हजार मूल्यसम्मको सामानमा महसुल छुट पाउने व्यवस्था कायमै राखिएको छ ।

छोटो समय विदेशमा बसेर फर्कंदा अधिकांश यात्रुले भन्सार छुटमा ल्याउने ल्यापटपमा अब भन्सार तिरेपछि मात्रै ल्याउन पाइनेछ । तर ६ महिनाभन्दा बढी विदेश बसेर आउनेलाई भने पुरानै व्यवस्थाअनुसार एक थान ल्यापटप ल्याउन छुट दिइनेछ ।
सँगै लगिएको ल्यापटप फर्काउँदा भन्सार लाग्नेछैन । भन्सार कार्यालयका अनुसार एक थान ल्यापटपको करिब ११ हजार भन्सार तिर्नुपर्छ । टेलिभिजनमा भने खरिद मूल्यको ५७ प्रतिशत कर लाग्छ । व्यापारीले विदेशबाट आउने अधिकांश यात्रुको साथमा एक थान ल्यापटप ल्याउन थालेपछि नयाँ व्यवस्था गर्नुपरेको त्रिभुवन भन्सार कार्यालयका भन्सार अधिकृत निरज रेग्मी बताउ“छन् । यसअघि विदेशमा १५ दिन बस्दा एक केजी सुन र १५ केजीसम्म चाँदी ल्याउन सक्ने व्यवस्था परिवर्तन गरिएको छ । अब कम्तीमा ६ महिना बस्नेले मात्रै त्यो पनि सुन ३५० ग्राम र चा“दी १ केजी मात्रै ल्याउन सक्नेछन् ।

छुटमा ल्याउन पाउने चुरोट र सिगारका कोटालाई खारेज गरी दुइ सय खिल्लीसम्म चुरोट र ५० खिल्लीसम्म सिगार दरबन्दी बमोजिमको महसुल लिई ल्याउन दिइने र त्यसभन्दा बढी परिमाणको ल्याएमा भन्सार महसुलमा शतप्रतिशत थप महसुल लाग्नेछ ।

तर भारतीय सेना वा प्रहरी सेवाबाट निवृत्त भई स्वदेश फर्केका नेपालीले एकपटकका लागि मात्र ३० हजारसम्म आफ्ना निजी प्रयोगका घरायसी सामान (सवारी साधन र हातहतियारबाहेक) मा सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ ।

विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्कने नेपाली यात्रुले महसुल छुट पाउने मूल्यभित्रका मालवस्तुको हकमा प्रज्ञापनपत्र भर्नु नपर्ने तर अभिलेखमा अनिवार्य जनाएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था छ ।

जहाजबाट शुक्रबार त्रिभुवन विमानस्थल उत्रेका दर्जनौं नेपाली नागरिक नयाँ व्यवस्थाअनुसार सामानको विवरण जनाउन घन्टौं लाममा उभिएका देखिन्थे ।

नया“ व्यवस्थाअनुसार छ महिनाभन्दा बढी विदेश बसेकाले एक थान टीभी र एउटा म्युजिक सिस्टम ल्याउँदा सोझै ‘ग्रिन च्यानलबाट जान पठाउँथे भने अब एक थान टीभी या म्युजिक सिस्टम अभिलेखमा जनाएर र एक थानको भन्सार तिरेर मात्रै बाहिर निस्कनुपर्ने हुन्छ ।
I receive this mail from Mr. Krishna Giri. His Email shows sthat he is working in Doha. Please contact me mr. Giri

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/10/31/p795/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons