‘सहमति र सहकार्य माओवादीले तोडे’
नेपाली कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको राजनीति आफ्नो पार्टीले नभई माओवादीले तोडेको बताएका छन् । पार्टी केन्द्रीय कार्यलय सानेपामा असोज २८ गते आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले ब्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता, कानुनको राज र लोकतान्त्रिक प्रणालीको पक्षमा आफ्नो पार्टी सधैं डटिरहने उल्लेख गरे । बिश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल दशैं पूणिर्माको दिन सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेस सभापतिहरुले निरन्तरता दिदै आएका छन् र कांग्रेसको चियापानमा ठूलो राजनीतिक जमघट हुनेगर्छ ।
चियापानमा बोल्दै एमाले स्थायी समिति सदस्य तथा पूर्व महासचिव माधवकुमार नेपालले राष्ट्रिय सहमति बनाएर तथा नेपाली कांग्रेसको बिश्वास लिएर मात्र सेना समायोज गरिनुपर्ने बताए । वर्तमान सरकारले जनताको पक्षमा काम गर्न ध्यान दिनुपर्ने पनि नेपालले कार्यक्रममा उल्लेख गरे ।
चियापानमा राजनीतिक दलका नेताहरु, बिदेशी कुटनीतिज्ञ, सेना र प्रहरीका उच्च अधिकृतहरुको उपस्थिति छ । अन्य दलको तुलनामा माओवादी नेता कार्यकर्ताहरुको भने त्यहाँ कम उपस्थिति देखिन्छ ।
हिमालखबर.कम

गृह पृष्ठ
