‘सहमति र सहकार्य माओवादीले तोडे’
नेपाली कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको राजनीति आफ्नो पार्टीले नभई माओवादीले तोडेको बताएका छन् । पार्टी केन्द्रीय कार्यलय सानेपामा असोज २८ गते आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले ब्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता, कानुनको राज र लोकतान्त्रिक प्रणालीको पक्षमा आफ्नो पार्टी सधैं डटिरहने उल्लेख गरे । बिश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल दशैं पूणिर्माको दिन सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेस सभापतिहरुले निरन्तरता दिदै आएका छन् र कांग्रेसको चियापानमा ठूलो राजनीतिक जमघट हुनेगर्छ । (more…)

गृह पृष्ठ
