संविधानसभाको उपाध्यक्षमा माओवादीकी पूर्ण सुवेदी !

August 18, 2008

प्रधानमन्त्री प्रचण्डद्वारा सपथ ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ खाएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ खाएका छन् । भदौ २ गते दिउँसो ३ बजेर ४५ मिनेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवबाट राष्ट्रपति कार्यलय शितलनिवासमा सपथ खाएका हुन् । सपथ खाएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई सपथ कार्यक्रमस्थलमै मित्रराष्ट्रका राजदुतहरुले बधाई दिएका छन् । आजै प्रधानमन्त्रीले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदबाहल गर्ने कार्यक्रम रहेको छ ।

सपथ कार्यक्रम दिउँसो ३ बजे सुरु हुने भनिए पनि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे मात्र शितल निवास आइपुगेका थिए । खैरो रंगको सुट, बुट्टे टाई र कालो भादगाउँले टोपीमा सजिएका प्रधानमन्त्री आएको १० मिनेटपछि मात्र राष्ट्रपति यादव कार्यक्रमस्थलमा आइपुगेका थिए । सपथमा राष्ट्रपतिले इश्वरको नाममा भन्दा प्रधानमन्त्रीले जनताको नाममा शब्दहरु उल्लेख गरेका थिए । यसैगरी, सपथग्रहण कार्यक्रममा माओवादी जनमुक्ति सेनालेसमेत सलामी दिने चर्चाबिपरित नेपाली सेनाको सम्मान गारदले मात्र राष्ट्रपति र प्रधानमन्त्रीलाई सलामी अर्पण गरेको थियो ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/08/18/p789/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons