प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड, कोइराला बालुवाटार छाड्दै
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको केही घण्टापछि नै वर्तमान कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारी निवास बालुवाटार छाड्नेछन् ।
कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री निवास बालुवाटार आजै छाड्ने भएका छन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जित्ने निश्चित भएपछि कोइरालाले तत्कालै निवास छाड्ने योजना बनाएका हुन् । श्रोतका अनुसार, प्रधानमन्त्रीका लागि संविधानसभामा दिउँसो एक बजे हुने मतदान सकिएलगत्तै कोइराला बालुवाटार पुग्नेछन् र आफ्नो सामान लिएर महाराजगञ्जस्थित भतिजा सशाङ्कको निवास लाग्नेछन् । प्रधानमन्त्री हुनुअघि कोइराला सशाङ्कको निवासमा नै बस्थे ।
कोइराला केही समयपछि नै छुट्टै घर भाडामा लिएर बस्ने योजनामा रहेको पनि श्रोतले दावी गर्यो । ‘आफ्नालागि सुविधाजनक घर भाडामा लिएर बस्ने सोचमा हुनुहुन्छ’ श्रोतले भन्यो ।

गृह पृष्ठ
