जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

August 14, 2008

तीन दलको बैठक सकियो, कांग्रेसबाहेक तीन दलको छलफल सुरु

प्रधानमन्त्रीको उमेदवारी दर्ता गर्ने दिन भएको नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको बैठक सकिएको छ ।
सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको छलफल सकिएको छ भने प्रमुख चार दलको बैठकको समय अझै निश्चित भएको छैन । साउन ३० गते भएको तीन दलको बैठक सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलबीच सहमति हुने या नहुनेबारे अहिले तीन बजे निश्चित हुने बताए । ‘एमाले, फोरम र हाम्रो प्रधानमन्त्रीमा एउटै उमेदवार हुन्छ कि फरक हुन्छ भन्ने अहिले तीन बजे टुङ्गो लाग्छ’ पौडेलले भने ।
सरकार निर्माणका लागि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा कांग्रेसबाहेका प्रमुख तीन दलबीच छलफल सुरु भएको छ ।
कांग्रेसबाहेक तीन दलको छलफल सुरु
सरकार निर्माणका लागि माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच छलफल सुरु भएको छ । साउन ३० गते सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा सुरु भएको छलफलमा तीन दलका शीर्ष नेताहरु सहभागि छन् ।

प्रधानमन्त्रीको उमेदवारी दर्ता गर्ने समय आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ तथा अहिलेसम्म कसैले उमेदवारी दर्ता गरेका छैनन् । सहमतिको सरकार निर्माणको अन्तिम प्रयासका निम्ति प्रमुख चार दलको बैठक हुने भनिए पनि बैठकको समय भने अझै निश्चित भएको छैन ।
हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/08/14/p785/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons