डा.उपेन्द्र देवकोटाको छोरी अपहरण गर्ने पक्राउ
प्रहरीले वरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्नेहरुलाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई २९ साउनमा पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटाका हेमबहादुर मगर छन् । मगर विगतमा डांका मुद्यामा समेत परेका थिए । प्रहरीका अनुसार तीनजना अभियुक्त फरार छन् । फरार भएकामा धनकुटाका कृष्ण र्राई, सिदार्थ लामा, रुपन्देहीका राजु थापा र सुनसरीका केशव मगर छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।
घटनाको अनुसन्धानमा डा.देवकोटाकी छोरी मेघाले महत्वपूर्ण सहयोग गरेकी थिइन् । अपहरण गरी फिरोतीवापत् रकम तिरेपछि उनलाई राखिएको नख्खुस्थित भाडाको घर मेघाकै सहयोगमा पत्ता लागेको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित भएका डा.देवकोटाले नेपाल प्रहरीको प्रशंशा गरे । प्रहरीको मनोबल उच्च राख्नुपर्ने भन्दै साधन र स्रोतको अभावमा पनि अपराधी पत्ता लगाएकोमा धन्यवाद व्यक्त गरे । प्रहरीलाई साधन र स्रोत सम्पन्न बनाएर उच्च मनोबलका साथ राख्नुपर्ने उनको सुझाव थियो । अपराधि पत्ता लगाउन र्सवसाधारण्को पनि सहयोग हुनुपर्ने बताए । अपहरणपछि नेपाली मिडियाले खेलेको भूमिकाप्रति भने उनले असन्तुष्टि जनाए ।
आफ्नी छोरी अपरहणमा परेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला देखि बेलायती राजदूतसम्मले सहानुभूती जनाएकोमा धन्यवाद व्यक्त गरे । आफू नेपाल छाडेर नजाने देवकोटाले स्पष्ट पारे । उनले सुरक्षाका लागि प्रहरी र जनता मिलेर लाग्नुपर्ने बताए ।
गत हप्ता मेघा देवकोटा खड्ग भद्रकालीस्थित आफ्नै घरबाट अपहरणमा परेकी थिइन् । उनी रातो बंगला स्कुलमा अध्ययनरत छिन् ।

गृह पृष्ठ
