जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

August 13, 2008

सहमतिको सरकारमै जोड

संविधानसभाले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गरिसकेको भए पनि एमाले स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनुको बिकल्प नरहेको आफ्नो पुरानो अडानमै जोड दिएको छ ।एमाले स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । साउन २८ गते पार्टी केन्द्रीय कार्यलय बल्खुमा भएको बैठकले माओवादी र नेपाली कांग्रेसले रक्षा मन्त्रालयमा अनावश्यक झमेला गर्नु आवश्यक नरहेको निश्कर्ष निकालेको पनि स्थायी समिति सदस्य तथा प्रचार बिभाग प्रमुख इश्वर पोखरेलले जानकारी दिए । ‘मन्त्रालयमा झमेला गरेर सहमतिको सरकार बन्ने वातावरण बिगार्ने काम गर्नुहुदैन भन्ने हाम्रो भनाई हो’ पोखरेलले भने ।

स्थायी समितिको बैठकले केन्द्रीय कमिटीको बैठक भदौ १४ गते गर्ने निर्णय पनि गरेको छ । यद्यपि, संविधानसभाले प्रधानमन्त्रीको निर्वाचन साउन ३१ गते गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीको उमेदवारी साउन ३१ गते दर्ता गर्नुपर्ने कार्यक्रम पनि संविधानसभाले प्रकाशित गरिसकेको छ ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/08/13/p783/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons