‘गठवन्धनको सामूहिक प्रतिक्रिया आउछ’
सहमतिको सरकार बनाउन माओवादीले प्रस्ताव गरेको कार्यक्रमबारे नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम गठवन्धनको सामूहिक प्रतिक्रिया आउने जानकारी कांग्रेस सहमहामन्त्री अर्जुननरसिंह केसीले दिएका छन् । नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमबीचको छलफल सकिएको छ । साउन १९ गते सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको दुई दलबीचको छलफल सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै कांग्रेस सहमहामन्त्री अर्जुननरसिंह केसीले सहमतिको सरकार गठनका लागि माओवादीले प्रस्ताव गरेको कार्यक्रमबारे तीन दलीय गठवन्धनको सामूहिक प्रतिक्रिया दिन छलफल गरिएको बताए । केसीले केही बेरमै त्यही आफ्नो दल र एमालेबीच छलफल हुनलागेको पनि जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपति चुनावताका बनेको नेपाली कांग्रेस, एमाले र फोरमबीचको गठवन्धनलाई निरन्तरता दिने पक्षमा आफ्नो दल रहेको पनि उनले उल्लेख गरे । छलफलमा सहभागि फोरमका अध्यक्ष उपेन्द्र यादवले भने राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका लागि दुई दलबीच छलफल भएको बताए । (more…)

गृह पृष्ठ
