जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 20, 2008

‘एमालेसँग फेरी सहकार्य हुनसक्छ’ ???

राष्ट्रपतिबारे भएको सहमति तोडेकोमा माओवादीसँग आक्रोशित एमालेसँग सरकार निर्माणमा फेरी सहकार्य हुनसक्ने आशा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणमा एमालेसँग सहकार्यको सम्भावना अझै कायम रहेको बताएका छन् । साउन ५ गते सिंहदरवारस्थित पार्टीको संसदीय दल कार्यलय बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजि श्रेष्ठलाई एमाले महासचिव झलनाथ खनालसँग कुरा गर्न आजै आफूले पठाएको तथा उनीबाट सकारात्मक जवाफ पाएको दावी गरे । ‘राष्ट्रपति र सभाध्यक्षको चुनावपछि सरकार निर्माणबारे सहकार्य गर्न सकिन्छ भनेर खनालले प्रकाशलाई भन्नुभएको छ’ प्रचण्डले भने ।

तर, प्रचण्डले नेपाली कांगेस, एमाले र मधेसी जनअधिकार फोरमबीच बनेको गठवन्धनका कारण मुलुकको शान्तिप्रक्रिया तथा १२ बुँदे समझदारीदेखिको प्रक्रिया सबै खतरामा परेको पनि उल्लेख गर्न बिर्सिएनन् । ‘बिचारधारात्मकरुपमा टाट पल्टेको बिचारका आधारमा बनेको यो समिकरणका कारण मुलुकले धेरै दुख पाउनसक्छ’ प्रचण्डले भने । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला तथा एमालेले माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सारेका कारण उनीहरुसँग सहमति नबनेको पनि प्रचण्डको भनाइ थियो । ‘जे भए पनि हामी आवेगमा छैनौं, सरकारमा जाने या नजानेबारे हाम्रो औपचारिक निर्णय भइसकेको छैन’ प्रचण्डले संचारकर्मीबीच भने ।

उता, मधेसी जनअधिकार फोरमकी नेतृ रेणु यादवले साउन ४ गते पनि आफ्नो दलको सबै मत डा. रामवरण यादवलाई गएको तथा ६ गते पनि सबै मत यादवलाई नै जाने बताइन् ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/07/20/p778/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons