एमाले सरकारमा पनि नजाने
एमाले केन्द्रीय कमिटीको अनौपचारिक बैठकले माओवादी नेतृत्वमा बन्ने सरकारमा सामेल हुने सम्भावना समाप्त भएको निश्कर्ष निकालेको छ । साउन २ गते माओवादी केन्द्रीय समितिको अनौपचारिक बैठकले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति तथा शान्ता श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेपछि बसेको एमाले बैठकले माओवा निर्णयले उसँगको सहकार्य समाप्त भएको निश्कर्ष निकालेको एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले बताए । नेपाली कांग्रेसले यसअघि नै माओवादीको नेतृत्वमा बन्ने सरकारमा सहभागि नहुने निर्णय गरिसकेको छ ।
एमाले श्रोतका अनुसार साउन १ गते राती माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको माओवादी र एमाले नेताबीचको बैठकमा एमालेलाई राष्ट्रपति तथा माओवादीलाई सरकारको नेतृत्व दिने सहमति भएको थियो । एमालेले माओवादीसँगको बैठकमा आफ्नो पार्टीबाट पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको थियो । माओवादीबाट अन्तिम बेलामा आएको निर्णय धोकापूर्ण रहेको निश्कर्षमा एमाले पुगेको पनि श्रोतले बताएको छ ।
हिमालखबर डट कम

गृह पृष्ठ
