राष्ट्रपति चुनाव ४ गते
मुलुकको राष्ट्रपतिका लागि साउन ४ गते चुनाव हुने भएको छ । असार ३१ गते बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल सम्मिलित कार्यब्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते बिहान ११ बजे राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धि सबै कार्यक्रमहरु परामर्श समितिको बैठकले तयार पारिसकेको तथा आज दिउँसो ३ बजे हुने बिधायिका संसदको बैठकमा प्रस्तुत गरेर पारित गरिने एमाले संसदीय दलका प्रमुख सचेतक रामचन्द्र झाले जानकारी दिए । राष्ट्रपतिको चुनावमा संविधानसभाका ६०१ सदस्यले मत दिन पाउनेछन् ।
कार्यव्यवस्था समितिले गरेको निर्णय अनुसार दलहरुबीच राजनीतिक सहमति भए साउन १ गते १२ बजेदेखि ५ बजेसम्म राष्ट्रपतिका उमेदवारको मनोनयन दर्ता मिति तथा समय तोकिएको छ भने सहमति नभए अर्थात एकभन्दा धेरै उमेदवार भए २ गते बिहान १० देखि १ बजेसम्म उमेद्वारी दर्ताको मिति र समय तोकिएको छ । कार्यव्यवस्था समितिको प्रस्ताव संसद बैठकले पारित गरेपछि मात्र त्यो नियमावलि बन्नेछ ।
हिमालखबर डट कम

गृह पृष्ठ
