दुई वर्षमै संविधान बन्ने दावी
संविधानसभाको चुनाव सम्पन्न भएको तीन महिना बित्नलाग्दासमेत संविधानसभा अध्यक्ष चयन हुननसकेको बेला माओवादीका एक वरिष्ठ नेताले नयाँ संविधान तोकिएको समय दुई वर्षमै बन्ने दावी गरेका छन् ।
माओवादीका सचिवालय सदस्य सिपी गजुरेलले जतिसुकै समस्या आए पनि नयाँ संविधान तोकिएको समय दुई वर्षमै बन्ने दावी गरेका छन् । असार २७ गते राजधानीमा आयोजित ‘नयाँ संविधान कस्तो बनाउने’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो तथा अन्य प्रमुख दलहरुले पर्याप्त आन्तरिक छलफल गरेर निश्कर्ष मात्र संविधानसभामा लाने भएकाले समयमै संविधान निर्माण गर्न सम्भव हुने उल्लेख गरे । ‘६०१ जना सबैले त्यहाँ बोल्ने होइनन्, आयोगहरुले सबै तयारी गरिसक्छन्, संविधानसभामा प्रस्तुत हुने मात्र हो’ गजुरेलले भने । कार्यक्रममा गजुरेलले एक मधेस प्रदेश बनाए त्यसले अन्तमा मुलुकको बिखण्डन नै निम्त्याउने पनि बताए । (more…)

गृह पृष्ठ
