‘एमालेसँग फेरी सहकार्य हुनसक्छ’ ???
राष्ट्रपतिबारे भएको सहमति तोडेकोमा माओवादीसँग आक्रोशित एमालेसँग सरकार निर्माणमा फेरी सहकार्य हुनसक्ने आशा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणमा एमालेसँग सहकार्यको सम्भावना अझै कायम रहेको बताएका छन् । साउन ५ गते सिंहदरवारस्थित पार्टीको संसदीय दल कार्यलय बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजि श्रेष्ठलाई एमाले महासचिव झलनाथ खनालसँग कुरा गर्न आजै आफूले पठाएको तथा उनीबाट सकारात्मक जवाफ पाएको दावी गरे । ‘राष्ट्रपति र सभाध्यक्षको चुनावपछि सरकार निर्माणबारे सहकार्य गर्न सकिन्छ भनेर खनालले प्रकाशलाई भन्नुभएको छ’ प्रचण्डले भने । (more…)

गृह पृष्ठ
