माइनस गिरिजाप्रसाद इजकल्टु संसद अवरुद्ध
माइनस गिरिजाप्रसाद केही होइन तर संबिधानसभाको बैठकसम्म आइपुग्न सम्वाद, सहमति एकता र सहकार्यको जुन बाटो अबलम्बन गरियो, मुलुकको निकासको लागि त्यही बाटो अबलम्बन गर्नाेस्, संविधानसभाको ब्यवस्थापिका संसदमा बिहीबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गर्दै यस्तो सुझाव दिनुभयो। माओवादी र एमालेले मोर्चावन्दी गरी आफूलाई माइनस गरेको ठहरसहित संसद्को रोष्टममा उभिनुभएका कोइरालाले सहमति तोड्ने काम हुन थालेको भन्दै निक्कै दुःख लागेको अनुभूति सुनाउनुभयो। ‘मलाई दुःख लागेको छ, सहमति तोड्ने प्रयास भएकोमा’, कोइरालाको अनुभूति थियो।
पन्ध्र मिनेट लामो भाषणको क्रममा राष्ट्रलाई अघि बढाउन आफुले जुनसुकै हैसियतमा रहेपनि भूमिका निर्वाह गर्ने प्रतिबद्धतासँगै भौतारिंदै पीडा राख्न सदन आइपुगेको कुटिल पासा फ्यााक्न कोइराला चुक्नुभएन। एकोहोरो सहमति, सहकार्य र बिश्वासको रटानमै आफ्नो भनाई टुंग्याएर भावुक मुद्रामा संसद् भवनबाट बाहिरिनुभयो। तर बाहिरिने क्रममा उहााले माइनस गिरिजाप्रसाद इजकल्टु के? भन्ने सन्देश दिई संसद नै अवरुद्ध गराउनुभयो। सदैव माअेावादी र एमालेका नेतासंग हात मिलाएर राजनीतिक शिष्टता प्रदर्शन गर्दै आउनुभएका कोइरालाले बिहिबार भने सवै शिष्टताका मापदण्ड तोड्नु भयो अनि आफ्नो कुर्सीबाट सिधै मधेसी जनअधिकार फोरमका नेता रहेका पुर्व काङ्ग्रेस केन्दीय सदस्य बिजय गच्छदारलाई धाप मार्दै कानेखुशी गर्नुभयो।
कोइरालाले कुममा धाप मार्दै गच्छदारलाई के भन्नुभयो? कोइराला, गच्छदार र छेवैमा रहेका जेपी गुप्तालाई मात्र थाहा होला। त्यसपछि के भयो? दुनियााले देखेका छन्। उहााले माइनस गिरिजाप्रसाद रहादा हुने चुनौतीको संकेत गर्दै फालेको कार्ड मुलुककै लागि गम्भीर बन्यो, संसद अवरुद्ध भयो। संबिधान संशोधन प्रकृया, नयाा सरकार गठन लगायत सवै प्रकृया अवरुद्ध भयो। माइनस गिरिजाप्रसाद भयो भने के हुन्छ र कोइरालाको राजीनामा कत्ति महङ्गो रहेछ भन्ने अनुभूति सायद माओवादी अध्यक्ष प्रचण्डले त्यहि बेला मात्र चाल पाउनु भयो।
प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको बिषयलाई लिएर कोइरालाले सहमति र सहकार्यलाई तोड्ने कुनै प्रकारका काम गर्नुहुदैन। माओवादीले पनि काङ्ग्रेसलाई एक्ल्याउने र शान्ति प्रकृयामा कोइरालाले खेलेको योगदानको अबमुल्यन गर्ने काम गर्नुहुदैन। सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिने संबिधानको शंसोधनमा उल्लेख गरेर मात्रै पुग्दैन। सवै पक्ष यसका लागि प्रतिवद्ध हुनुपर्छ। संसदमा उत्पन्न गतिरोधबाट खोजेको पद पाइएन भने जे गर्न पनि तयार हुने कोइराला नेपाली राजनीतिमा अत्यन्त माहिर खेलाडी हुन् भन्ने अनुभूति सवैले पाइसकेका छन्। संसदमा राजीनामा दिएर बाहिरिने क्रममा मधेसवादी नेताहरुलाई संसद अवरुद्ध पारी आफ्नो कुटील असहयोग र सहकार्य तोड्ने सकुनी पासा फ्याकिसक्नु भएको छ। राजनीतिमा जे देखिन्छ, त्यो हुादैन, जे देखिदैन, त्यही हुन्छ भन्ने भनाईलाई कोइरालाले चरितार्थ गरिदिनुभयो।
आफ्नो स्वार्थमा मेल नखाएपछि कोइरालाले सर्वमान्य नेता गणेशमान सिंह र काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट पातालमा पुर्याउन कुनै कसर बााकी राख्नुभएन। अर्काे पार्टीलाई कोइरालाले सहजै छाड्नु होला? यस्तो कल्पना समेत गर्न सकिदैन। पद पाउनु भएन भने कोइरालाले जस्तोसुकै घृणित पासा फ्याक्नु हुन्छ भन्ने यथार्थबाट सवै दलहरु ज्ाानकार हुनुपर्छ। कोइरालालाई बुझ्ने राष्ट्रवादी नेताहरुलाई अहिले यही चिन्ताले सताएको छ। नजिकबाट नियाल्नेहरु राजीनामासंग कोइरालाको हत्तपत्त भेट हुादैन भन्ने गर्छन्। राजीनामा दिंदा पनि षड्यन्त्रको गोटी फाल्नुहुन्छ भन्नेहरुको संख्या पनि कम छैन। त्यसैले संसदको रोष्टममा उभिएर दुनियाा सामु उहााले माइनस गिरिजा भएपनि सहमति र एकताको बाटोलाई नबिर्सिएर हामी अगाडी जाऔं भन्नुभयो तर राजीनामा घोषणा गरेको ३ मिनेट पनि नबित्दै उहााले आफ्नो पुरानो अनुहार देखाइ दिनभयो।
राजीनामा पछिको संसद अवरुद्ध र मधेसवादी दलसंग भएको सहमतिलाई संबिधान संशोधनमा समावेश गराउनु पर्ने प्रस्ताव सात दलको बैठकमा राख्दा माओवादी र एमालेको असहमतिको कारण समावेश गर्न सकिएन भन्ने काङ्ग्रेसको भनाईले दुनियाालाई चकित तुल्याएको छ। जनआन्दोलनपछि लगातार प्रधानमन्त्रीको कुर्सीमा बसेर हरेक समुहसंग गरेको सहमतिलाई तोड्दै आएको पार्टीले फ्यााकेको यो पासालाई कसरी बुझ्ने हो? पाठकहरुकै जिम्मामा छाडिदिनु उपयुक्त होला ,तर जे भएपनि यसले गिरिजाप्रसादको बिषयमा जान्नेहरुले भन्ने गरेको तथ्यलाई भने सवैको सामु उजागर गरेको छ।
कोइरालाकै कालमा दुई बर्ष नपुग्दै ५ पटक नेपालको अन्तरिम संबिधान संशोधन भएको छ। पााचौ पटकसम्म पनि उहााले बिगतमा बिभिन्न समुहहरुसंग गरेको सहमतिलाई समावेश गर्ने काम गर्नुभएको छैन। फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना लगायतका मधेसवादी दलहरुले गरेको आग्रहलाई अस्वीकार गर्ने कोइराला नै हुनुहुन्छ। तर किन काङ्ग्रेस नै अहिले आफुले प्रस्ताव लगेको भन्दै नयाा सरकार गठनमा अवरोध सिर्जना गराउन संसद अवरुद्ध पार्ने खेल खेल्दैछ? मधेसवादी दलहरु काङ्ग्रेसको फोहोरी खेलमा किन फस्न पुगे? यसको जवाफ जनताले पाउन सकेका छैनन्। के काङ्ग्रेसको सम्वाद, सहमति, सहकार्य एकता यहि हो? राष्ट्रपति पद नपाउनासाथ मुलुक र जनताको लागि काङ्ग्रेस र बृद्ध नेता कोइरालाले खेल्नुपर्ने भूमिका यहि हो? किमार्थ हुन सक्दैन। त्यसैले अव माइनस गिरिजाप्रसाद भएपनि संसद अवरुद्धको आत्मघाती खेल होइन, देश निर्माणमा जुटनु पर्छ।

गृह पृष्ठ
