जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 26, 2008

बन्दै बन्द

चार दिने उपत्यका बन्द सकिएको भोलिपल्टै उपत्यकाबासीले पुन अर्को उपत्यका बन्द खेप्नुपरेको छ ।
यातायात ब्यवसायीहरुको चार दिने बन्द टुङ्गिएको भोलिपल्टै असार १२ गते काठमाडौ उपत्यकाबासीले अर्को उपत्यका बन्दको मार खेप्नुपरेको छ । व्यापक मूल्यवृद्धिपछि पनि पेट्रोलियम पदार्थको अभाव व्यहोरिरहेका उपत्यकाबासीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गराउने नाममै यो बन्द झेल्न बाध्य बनेका छन् । बन्दकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गराउनेलगायत १० बुँदे माग सारेका छन्

बन्दकर्ता राजनीतिक दलहरुको उपत्यका तथा मुलुकमै खासै प्रभाव नभए पनि बिहानैदेखि उपत्यकामा सवारी साधन चलेका छैनन् भने शहरका प्रमुख चोकका पसलहरु बन्द छन् । कार्यलय तथा अन्य काममा जानेहरु पैदल यात्रा गर्न बाध्य बनेका छन् । विद्यालय, कलेजहरु बन्द छन् । यद्यपि, बन्दकर्ताहरुको सडकमा उपस्थिति कमै मात्र देखिएको छ ।

बन्दकर्तामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत, नेपाल कम्युनिष्ट पार्टी संयुक्त मार्क्सवादी, तामसालिङ नेपाल राष्ट्रिय दल, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक छन् ।
हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/26/p771/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons