कार्यदल मस्यौदा बनाउदै
बिधायिकाको बैठकमा सरकारले प्रस्तुत गर्ने संविधान संशोधन प्रस्ताव तयार पार्न सात दलको कार्यदलको बैठक बसिरहेको छ ।
अन्तरिम संविधानमा पाँचौ संशोधनका लागि सात दलको कार्यदलको बैठक मस्यौदा तयारी गरिरहेको छ । सिंहदरवार संसद सचिवालयमा असार ११ गते बिहानदेखि जारी कार्यदल बैठकले मस्यौदालाई अन्तिम रुप दिएपछि सात दलका शीर्ष नेताहरुले त्यसमा हस्ताक्षर गर्नेछन् तथा आजै त्यसलाई मन्त्री परिषद बैठकले पारित गरी आजै हुनलागेको बिधायिका बैठकमा प्रस्तुत गरिनेछ । बिधायिकाको बैठक आज ११ बजे बोलाइएको भए पनि कार्यदल, शीर्ष नेता तथा मन्त्री परिषदका कारण बैठक ढिलो सुरु हुने निश्चित छ ।
हिमालखबर डट कम

गृह पृष्ठ
