जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 22, 2008

बैठक स्थगित

बालुवाटारमा बैठकका लागि भेला भएका सात दलका नेताहरु औपचारिक बैठक नै नगरी त्यहाँबाट हिडेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि जम्मा भएका सात दलका नेताहरु बैठक स्थगित गरी हिडेका छन् । बैठक स्थगित भएपछि बालुवाटारमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै जनमोर्चा अध्यक्ष अमिक शेरचनले अर्को बैठक दिउँसो ३ बजे हुनसक्ने बताए । असार ८ गते बिहान १० बजेदेखि बैठक सुरु हुने भनिए पनि दिउँसो १२ बज्दासम्म औपचारिक बैठक सुरु भएको थिएन । नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीका अनुसार, बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत नेताहरु जम्मा भए पनि एमाले महासचिव झलनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे अन्तिम बेलासम्म आएका थिएनन् । तर अर्को श्रोतले भने बिहान बालुवाटार आएका खनाल माओवादी अध्यक्ष दाहाल आइपुग्न ढिलो भएपछि त्यहाँबाट हिडेका थिए ।

श्रोतका अनुसार, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा र नयाँ सरकार गठनको प्रक्रियाबारे दलहरुबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री कोइरालाले संविधान संशोधनपछि मात्र पदबाट राजीनामा दिने अडान राखेको तथा संविधान संशोधनको प्रक्रिया अघि बढाउन अन्य दललाई आह्वान गरेको पनि श्रोतले बताएको छ । माओवादीले भने प्रधानमन्त्रीले पदबाट राजीनामा दिएपछि सबै प्रक्रिया अघि बढ्ने बताउदै आएको पनि श्रोतको भनाइ छ ।

संचारकर्मीहरुसँग कुरा गर्दै जनमोर्चा अध्यक्ष शेरचनले सात दलमध्येका साना चार दल सरकार बनाउने र हटाउन सामान्य बहुमत पर्याप्त हुने प्रावधान संविधानमा राख्न असहत छन् । प्रधानमन्त्री कोइरालासमेत आफूहरुकै बिचारसँग नजिक रहेको तर नेपाली कांग्रेसका अन्य नेताका कारण प्रधानमन्त्री संविधान संशोधनमा तयार भएको पनि उनले दावी गरे । गणितीय राजनीतिको साटो सहमतिको राजनीतिले निरन्तरता पाउनुपर्ने पनि शेरचनले धारणा राखे ।
हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/22/p768/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons