जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 21, 2008

‘माधव नेपाल राष्ट्रपति पक्का’

राजनीतिक सहमतिका निम्ति प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको बेला एमाले स्थायी समिति सदस्य बामदेव गौतमले माधव नेपाल मुलुकको राष्ट्रपति हुने पक्का भएको बताएका छन् ।
एमाले स्थायी समिति सदस्य बामदेव गौतमले आफ्नो पार्टीका निवर्तमान महासचिव माधवकुमार नेपाल मुलुकको राष्ट्रपति हुने ९९ प्रतिशत पक्का भइसकेको बताएका छन् । राजधानीमा असार ७ गते रिपोर्टस क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेता गौतमले मुलुकको नेतृत्व अब सुधारवादी नेपाली कांग्रेसको साटो अग्रगामी एमालेले गर्ने दावी गरे । संविधानसभा चुनावमा हारे पनि नेपाल बिधायिकाको बिश्वास प्राप्त गरेर राष्ट्रपति हुने भएकाले चुनावमा हारेको बिषयले कुनै अर्थ नराख्ने कार्यक्रममा उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै माओवादी सचिवालय सदस्य मोहन बैद्य किरणले आफ्नो पार्टी एमालेसँग सहमतिको निकै निकट पुगेको जानकारी दिए । कांग्रेसलाई आफ्नो पार्टीले बिश्वास गर्न नसक्ने भएकाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्न नसकिने पनि उनको भनाइ थियो । कार्यक्रममा उनले बिदेशी हस्तक्षेप नभएको भए मुलुकमा पहिले नै जनवादी गणतन्त्र आइसक्ने थियो भन्ने दावी गरे । आफ्नो पार्टीले सुरु गरेको १० वर्षे जनयुद्धको लक्ष निकै नजिक रहेको तथा राजनीतिक सहमति गरेर अघि जानुको बिकल्प नरहेको पनि कार्यक्रममा बैद्यले उल्लेख गरे ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशका मुद्धा सम्वोधन भए नयाँ सरकारमा आफ्नो पार्टी जाने तथा सरकारमा जान आफ्नो पार्टीलाई कुनै हतार नभएको बताए।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/21/p767/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons