जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 17, 2008

‘बेलुकासम्म पर्खन्छौं’

बेलुकासम्म राजनीतिक सहमति नबने आफ्नो दलले सरकार छाड्ने चेतावनी माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटीले दिएका छन् ।
माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटीले बेलुकासम्म राजनीतिक सहमति नबने आफ्नो पार्टीले सरकार छाड्ने बताएका छन् । रिपोर्टस क्लबले असार ३ गते आयोजन गरेको कार्यक्रममा बोल्दै बोगटीले आफ्नो पार्टीले सरकार छाडे पनि संविधान निर्माणमा भने रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । नेपाली कांग्रेसले अनावश्यक सर्तहरु राखेका कारण सहमति बन्न नसकेको कार्यक्रममा बोगटीले दावी गरे । बोगटीले रामराजाप्रसाद सिंहको नाममा सहमति नबनेपछि आफ्नो पार्टीले एमाले नेतृ सहाना प्रधानको नाम राष्ट्रपतिमा अघि सारेको पनि जानकारी दिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले माओवादीमा र्सवसत्तावादी चिन्तन कायम रहेकाले दलहरुबीच सहमति हुननसकेको बताए । सेना समायोजनको मुद्धा टुङ्गो नलागी नयाँ सरकार निर्माणको प्रक्रिया सुरु नहुने पनि रिजालको भनाइ थियो । ‘छुट्टै सेना राख्ने, कब्जा गरिएको सम्पति फिर्ता नगर्ने, सरकारको नेतृत्व गर्न पनि हतार गर्ने प्रवृति माओवादीमा देखिएको छ’ रिजालले भने । नयाँ सरकार गठनमा अभिरुची नभएकाले नै माओवादीले राजनीतिक सहमतिको प्रयत्न नगरेको पनि रिजालले दावी गरे ।

कार्यक्रमका अर्का वक्ता जनमोर्चा नेता लिलामणि पोखरेलले माओवादी सरकारबाट हटे संविधान निर्माण अवरुद्ध हुनसक्ने चेतावनी दिए भने एमालेका अग्नी खरेलले दलहरुबीच सहमति नबने सबैको भविष्य अध्यारो हुने ठोकुवा गरे । सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद मधेशीलाई हुनुपर्ने माग राखे ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/17/p766/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons