जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 15, 2008

नारायणहिटीमा राष्ट्रिय झण्डा

राजाहरुको बासस्थान रहदै आएको नारायणहिटीमा राष्ट्रिय झण्डा राखिएको छ तथा त्यसलाई संग्राहलय बनाइएको छ ।
राजाको बासस्थान रहदैआएको नारायणहिटी दरवारलाई ‘नारायणहिटी दरवार संग्राहलय’ बनाइएको छ तथा त्यहाँ राष्ट्रिय झण्डा राखिएको छ । जेठ १५ गते संविधानसभा बैठकले गणतन्त्र कार्यन्वयनको घोषणा गर्नुअघि त्यहाँ राजाको झण्डा राखिन्थ्यो । जेठ १६ गते नारायणहिटीबाट राजाको झण्डा हटाइएको थियो भने जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेका थिए ।

असार १ गते झण्डोत्तोलन तथा संग्राहलय उदघाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालीहरुको एकताको प्रतिक राष्ट्रिय झण्डा कहिल्यै नझुकोस् भन्ने कामना गरे । मुलुकमा गणतन्त्र स्थापना भएकोमा खुसी ब्यक्त गर्दै प्रधानमन्त्रीले गणतन्त्र स्थापनामा पूर्व राजाको पनि सहयोग रहेको धारणा ब्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्रीले गणतन्त्र स्थापनापछि अब आफ्नो इच्छा मुलुकमा नयाँ संविधान बनोस् भन्ने रहेको उल्लेख गरे । ‘मुलुकमा नेपालीपनसहितको संघीयता होस्, बिदेशीले पनि नेपालीपनसहितको संघीयता स्थापनामा सहयोग गरुन्’ प्रधानमन्त्रीले भने ।

झण्डोत्तोलन कार्यक्रममा संवैधानिक अंगका प्रमुख, मन्त्री, राजनीतिक दलका नेता तथा नेपालस्थित बिदेशी कुटनीतिज्ञहरुको उपस्थिति छ । कार्यक्रममा बोल्दै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नारायणहिटीमा रहेका महत्वपूर्ण सामानहरुको सुरक्षा बन्दोबस्त मिलाएपछि सर्वसाधारणका लागि संग्राहलय खोलिने जानकारी गराए ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/06/15/p764/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons