पन्ध्र दिनमै दरवार छाड्ने वचन
पूर्व राजा ज्ञानेन्द्र शाहले १५ दिनभित्रै नारायणहिटी राजदरवार छाड्ने भएका छन् । गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग जेठ २० गतेको भेटमा पूर्व राजा ज्ञानेन्द्रले निवास र सुरक्षा बन्दोबस्तको ग्यारेण्टी भएलगत्तै दरवार छाड्न तयार रहेको बचन दिएका हुन् । नारायणहिटी राजदरवारमा पूर्व राजासँग भेटेलगत्तै गृहमन्त्री सिटौलाले दरवार बाहिर उपस्थित संचारकर्मीलाई पूर्व राजा १५ दिनभित्रै दरवार छाड्न तयार रहेको जानकारी दिए । पूर्व राजासँगको भेटमा आफूले निवास र सुरक्षा बन्दोबस्तको ग्यारेण्टी सरकारले दिने वचन दिएको सिटौलाले उल्लेख गरे । (more…)

गृह पृष्ठ
