सात दलमै सहमति भयो,अब तेह्र दलको बैठक हुने
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ ।
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे निर्णय गर्न १३ दलको बैठक हुने भनिए पनि त्यसबारे सात दलमै सहमति भएपछि १३ दलको बैठक बसेन । बैठकमा सहभागी एक नेताका अनुसार, संविधानसभा बैठकबाट गणतन्त्र घोषणा भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गरिएको घोषणा गर्ने तर, राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ । ती नेताले संविधानसभाको बैठक अहिले बेलुका ६ बजे हुने सहमति भएको पनि जानकारी दिए ।
सात दलको सहमतिलाई औपचारिकता दिन अहिल प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषदको बैठक भइरहेको छ ।
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे सात दलले निर्णय गर्न नसकेपछि त्यसबारे निर्णय गर्न १३ दलको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी सात दलको बैठकमा राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे सहमति नभएपछि १३ दलको बैठक हुने भएको छ । १३ दलको बैठक हुने भएपछि संविधानसभा बैठक सुरु हुन पनि ढिलो निश्चित भएको छ । संविधानसभाको बैठक बिहान ११ बजेबाट दिउँसो साढे तीन बजे सारिएको थियो ।
अब हुने १३ दलको बैठकमा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी पनि सहभागी हुनेछन्। । बालुवाटारमा बिहानदेखि जारी बैठकमा सत्तारुढ सात दलका शीर्ष नेताहरु मात्र उपस्थित थिए ।
बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार, राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे तत्काल निर्णय नगर्ने अडानमा माओवादी कायम छ । अन्य दलहरुले गणतन्त्र घोषणापछि राष्ट्रपति चयन गर्नुपर्ने तथा उसको काम, कर्तब्य र अधिकारबारे अहिले नै निर्णय हुनुपर्ने बताएका छन् । उनले राष्ट्रपति तथा प्रधानमन्त्री दुवै पद आफैंले लिने नियत माओवादीले देखाएको पनि दावी गरे ।
हिमालखबर डट कम

गृह पृष्ठ
