जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 27, 2008

रत्नपार्कमा बिस्फोट , प्रकाश सार्वजनिक

संविधानसभा बैठकको अघिल्लो दिन राजधानीको रत्नपार्कमा बम बिस्फोट भएको छ । रत्नपार्कमा बम बिस्फोट भएको छ । राजधानीको केन्द्रमा रहेको रत्नपार्कभित्रै जेठ १४ गते दिउँसो ४:३० मा बम बिस्फोट भएको छ। ठूलो बिस्फोट भएको र ६ जना घाइते भएको प्रहरीले बताएको छ । बिस्फोटको जिम्मेवारी रण बीर सेनाले लिएको बताइएको छ।

यसै गरी माओवादीसँग एकता हुनैलागेको एकताकेन्द्र मसालका महामन्त्री प्रकाश अर्थात नारायणकाजि श्रेष्ठ सार्वजनिक भएका छन् । माओवादी नेताहरु सार्वजनिक हुँदा पनि अर्धभूमिगत रहेका एकताकेन्द्र मसालका महामन्त्री प्रकाश अर्थात नारायणकाजि श्रेष्ठ सार्वजनिक भएका हुन्। २०४७ सालदेखि निरन्तर भूमिगत रहेका ४७ वर्षीय प्रकाश जेठ १४ गते राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक भए । २०३३ सालदेखि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका प्रकाशले २०३७ देखि कम्युनिष्ट राजनीति सुरु गरेका थिए । सात राजनीतिक दल र माओवादीबीचको १२ बुँदे सहमति निर्माणमा संयोजनकारी भूमिका निर्वाह गरेका प्रकाशको पार्टी र माओवादीबीच केही दिनमै एकता हुदैछ । जसको पुष्टि प्रकाश सार्वजनिक भएको कार्यक्रममा आएका माओवादी अध्यक्ष प्रचण्डले पनि गरे । प्रचण्डले कार्यक्रममा माओवादी र एकताकेन्द्र मसालबीच एक दुई दिनमै एकता हुने बताए ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/05/27/p747/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons