‘राख्ने भए पत्रचार गर’
नेपाललाई अनमिनको अझै आवश्यक्ता महशुस भए सरकारले पत्रचार गर्नुपर्ने त्यसका प्रमुख इयान मार्टिनले बताएका छन् ।
संयुक्त राष्ट्र संघीय मिशन अनमिनले नेपालका लागि आफ्नो थप भूमिका आवश्यक भएको ठाने सरकारले तत्काल पत्रचार गर्नुपर्ने बताएको छ । जेठ १४ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनमिन प्रमुख इयान मार्टिनले सरकारले पत्रचार गरे अनमिन नेपालमा केही समय बस्न सक्ने उल्लेख गरे । नेपालको शान्तिप्रक्रियालाई गन्तब्यमा पुर्याउन अनमिनको भूमिका अझै आवश्यक रहेको आफूलाई लागेको पनि मार्टिनले कार्यक्रममा बताए ।
माओवादी जनमुक्ति सेनाको चितवनस्थित शिविरमा कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठ मारिनुले सरकार र माओवादीबीचको शान्तिसम्झौता उल्लघंन भएको मार्टिनले बताए । तर, उनले माओवादी शिविरमा रहेको हतियारको निगरानी गर्ने मात्र अनमिनको जिम्मा रहेको र त्यहाँ को गए तथा आए भन्ने हेर्ने जिम्मा आफ्नो नभएको पनि मार्टिनले उल्लेख गरे ।
हिमालखबर डट कम

गृह पृष्ठ
