जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 21, 2008

हत्याको बिरोधमा उपत्यका बन्द

७ जेष्ठ २०६५

माओवादी जनमुक्ति सेनाले कोटेश्वरका ब्यपारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको घटनाको छानवीनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै जेठ ८ गते उपत्यका बन्द गरिने भएको छ ।
कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्याको छानवीन गर्न उच्च स्तरीय छानवीन आयोग गठन हुनुपर्ने, हत्यामा प्रत्यक्ष संलग्न माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर बिबिधलाई पक्राउ गरी कारवाही गरिनुपर्ने तथा श्रेष्ठको लास परिवारलाई दिनुपर्ने माग राख्दै जेठ ८ गते उपत्यका बन्द हुने भएको छ । श्रेष्ठको हत्याको बिरोधमा आन्दोलन गरिरहेको नागरिक समाजका संयोजक ज्ञानकुमार श्रेष्ठका अनुसार, नागरिक समाजको आन्दोलनको समर्थनमा जेठ ६ गते युवा बिद्यार्थीहरुले राजधानीका चोकहरुमा कोण सभा गर्दैछन् । सरकारले उच्चस्तरीय आयोग गठनलगायत अन्य माग पूरा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने नागरिक समाजका संयोजक श्रेष्ठले जानकारी दिए ।

माग पूरा गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटिसकेको नागरिक समाजका संयोजक श्रेष्ठका अनुसार, प्रधानमन्त्रीले आयोग गठन गर्ने आश्वासन दिए पनि मन्त्री परिषदको बैठक बोलाएका छैनन् । मन्त्री परिषदको बैठकले मात्र शक्तिसाली आयोग गठन गर्नसक्छ । जेठ ९ गते मन्त्री परिषद बैठक बोलाएर आयोग गठन गरे तथा अन्य माग पूरा गर्ने प्रक्रिया अघि बढाए आन्दोलनका थप कार्यक्रम नल्याइने पनि श्रेष्ठले जानकारी दिए ।

हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/05/21/p744/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons