केराको बोट र पुरानो ब्याट्रीबाट बिजुली
बागलुङ, (रासस) बागलुङ जिल्लाको भीमापोखरा गाविसका बासिन्दाले केराको बोट र पुराना ब्याट्रीबाट बिजुली बत्ती बालेका छन्।
केराको बोट, गाउँघरमा प्रयोग गरी फयाँकिएका ब्याट्री र गोबरको संयुक्त मिश्रणबाट उत्पादित सो विद्युत्बाट सो गाविसका वडा नं. ६ र ७ का ८० परिवार लाभान्वित भएका छन्।
स्थानीय खिम कार्की, प्रजापति पौडेल र तेजेन्द्र थापाले संयुक्त रूपमा केराको बोट र पुराना ब्याट्रीबाट विद्युत् उत्पादनको सफल परीक्षण गरेपछि ती दुइ वडाका घरघरमा बिजुली बाल्न शुरू गरिएको हो। केराको बोटबाट निकालिएको विद्युत् गोबरबाट उत्पादन गरिएको भन्दा चहकिलो, सजिलो र आर्थिक अवस्था कमजोर भएकालाई सस्तोसमेत पर्ने खिम कार्कीले बताउनुभयो। (more…)

गृह पृष्ठ
