जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 2, 2008

एमालेले स्थायी समितिकालाई नपठाउने

२० बैशाख २०६५
एमालेले स्थायी समिति सदस्यहरुलाई समानुपातिकबाट संविधानसभा सदस्य नबनाउने निर्णय गरेको छ ।
एमाले स्थायी समितिको बैठकले समानुपातिक प्रणालीबाट संविधानसभामा स्थायी समिति सदस्यहरु नजाने निर्णय गरेको छ । एमाले उपत्यका समन्वय समितिका सदस्य भानुभक्त ढकालका अनुसार, समानुपातिकबाट संविधानसभामा पठाउनेबारे निर्णय गर्न बैशाख २० गते बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । १५ सदस्यीय एमाले स्थायी समितिका साहाना प्रधान, अमृतकुमार बोहोरा, मकुन्द न्यौपाने, मोदनाथ प्रश्रतिलगायत नेताहरु संविधानसभाको प्रत्यक्षतर्फ उठेका थिएनन् । समानुपातिकबाट संविधानसभामा पार्टीले पठाउनेहरुबारे अन्तिम निर्णय गर्न अहिले एमाले केन्द्रीय समितिको बैठक बसिरहेको छ । एमालेले समानुपातिकबाट ७० जनालाई संविधानसभासद बनाउन सक्नेछ ।
-हिमालखबर डट कम


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons