जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 29, 2008

राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक (बैठकबाट पारित भएको गणतन्त्रको प्रस्ताव)


संविधानसभा पहिलो बैठकले गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरेर मुलुकबाट राजतन्त्रलाई बिदा दिएको छ ।

नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले ‘गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्’ भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । (more…)

May 28, 2008

जनताको छोरो राष्ट्रप्रमुख, राजतन्त्रलाई बिदाइ

ऐतिहासिक संविधानसभाको पहिलो बैठक अहिले बसिरहेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा केहीबेरमा सुरु हुने बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्ने छ। संविधानको संरक्षकको रुपमा रहने राष्ट्रपतिको चयन गर्ने सहमति दलहरूबीच भएको छ। राष्ट्रपतिको अधिकारसम्बन्धी सहमति तत्काल भइनसके पनि राष्ट्रपति संवैधानिक रहने र सेनाको सर्वोच्च कमान्डर रहने सहमति भने बनिसकेको छ। मन्त्रिपरिषद्को सिफारिसमा सङ्कटकाल लागू गर्ने र फिर्ता गर्नेसम्बन्धी अधिकार राष्ट्रपतिमा रहने व्यवस्था संविधानसभाको बैठकले गर्ने छ।
त्यसै गरी संविधानमा उपराष्ट्रपतिको व्यवस्था गर्ने पनि दलहरूबीच सहमति बनेको छ। गणतन्त्र घोषणा गर्ने दिन आज बिहानैदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सात दलको छलफलले उक्त निर्णय गरेको हो। (more…)

सात दलमै सहमति भयो,अब तेह्र दलको बैठक हुने

राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ ।
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे निर्णय गर्न १३ दलको बैठक हुने भनिए पनि त्यसबारे सात दलमै सहमति भएपछि १३ दलको बैठक बसेन । बैठकमा सहभागी एक नेताका अनुसार, संविधानसभा बैठकबाट गणतन्त्र घोषणा भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गरिएको घोषणा गर्ने तर, राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ । ती नेताले संविधानसभाको बैठक अहिले बेलुका ६ बजे हुने सहमति भएको पनि जानकारी दिए ।
सात दलको सहमतिलाई औपचारिकता दिन अहिल प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषदको बैठक भइरहेको छ । (more…)

May 27, 2008

रत्नपार्कमा बिस्फोट , प्रकाश सार्वजनिक

संविधानसभा बैठकको अघिल्लो दिन राजधानीको रत्नपार्कमा बम बिस्फोट भएको छ । रत्नपार्कमा बम बिस्फोट भएको छ । राजधानीको केन्द्रमा रहेको रत्नपार्कभित्रै जेठ १४ गते दिउँसो ४:३० मा बम बिस्फोट भएको छ। ठूलो बिस्फोट भएको र ६ जना घाइते भएको प्रहरीले बताएको छ । बिस्फोटको जिम्मेवारी रण बीर सेनाले लिएको बताइएको छ। (more…)

‘राख्ने भए पत्रचार गर’

नेपाललाई अनमिनको अझै आवश्यक्ता महशुस भए सरकारले पत्रचार गर्नुपर्ने त्यसका प्रमुख इयान मार्टिनले बताएका छन् ।
संयुक्त राष्ट्र संघीय मिशन अनमिनले नेपालका लागि आफ्नो थप भूमिका आवश्यक भएको ठाने सरकारले तत्काल पत्रचार गर्नुपर्ने बताएको छ । जेठ १४ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनमिन प्रमुख इयान मार्टिनले सरकारले पत्रचार गरे अनमिन नेपालमा केही समय बस्न सक्ने उल्लेख गरे । नेपालको शान्तिप्रक्रियालाई गन्तब्यमा पुर्‍याउन अनमिनको भूमिका अझै आवश्यक रहेको आफूलाई लागेको पनि मार्टिनले कार्यक्रममा बताए ।

माओवादी जनमुक्ति सेनाको चितवनस्थित शिविरमा कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठ मारिनुले सरकार र माओवादीबीचको शान्तिसम्झौता उल्लघंन भएको मार्टिनले बताए । तर, उनले माओवादी शिविरमा रहेको हतियारको निगरानी गर्ने मात्र अनमिनको जिम्मा रहेको र त्यहाँ को गए तथा आए भन्ने हेर्ने जिम्मा आफ्नो नभएको पनि मार्टिनले उल्लेख गरे ।

हिमालखबर डट कम

May 24, 2008

सरकार बनाउन प्रधानमन्त्रीको प्रचण्डलाई आग्रह

माओवादी अध्यक्ष प्रचण्डलाई माओवादी नेतृत्वको सरकार बनाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले औपचारिकरुपमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सरकार निर्माण गर्ने औपचारिकरुपमा आग्रह गरेका छन् । किरात पर्व उभौली/उधौलीको जेठ ११ गते राजधानीमा उदघाट्न गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्रीले आफूलाई यस्तो आग्रह गरेको प्रचण्डले उल्लेख गरे ।

प्रचण्डले कार्यक्रममा आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माणका लागि पहल सुरु भइसकेको पनि जानकारी दिए । सरकारले मनोनित गर्न पाउने २६ संविधानसभासदबारे पनि दलहरुबीच सहमति भइसकेको कार्यक्रममा प्रचण्डले बताए । अधिकांश संविधानसभासद जनजाति हुने पनि कार्यक्रममा प्रचण्डले दावी गरे ।

हिमालखबर डट कम

May 21, 2008

हत्याको बिरोधमा उपत्यका बन्द

७ जेष्ठ २०६५

माओवादी जनमुक्ति सेनाले कोटेश्वरका ब्यपारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको घटनाको छानवीनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै जेठ ८ गते उपत्यका बन्द गरिने भएको छ ।
कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्याको छानवीन गर्न उच्च स्तरीय छानवीन आयोग गठन हुनुपर्ने, हत्यामा प्रत्यक्ष संलग्न माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर बिबिधलाई पक्राउ गरी कारवाही गरिनुपर्ने तथा श्रेष्ठको लास परिवारलाई दिनुपर्ने माग राख्दै जेठ ८ गते उपत्यका बन्द हुने भएको छ । श्रेष्ठको हत्याको बिरोधमा आन्दोलन गरिरहेको नागरिक समाजका संयोजक ज्ञानकुमार श्रेष्ठका अनुसार, नागरिक समाजको आन्दोलनको समर्थनमा जेठ ६ गते युवा बिद्यार्थीहरुले राजधानीका चोकहरुमा कोण सभा गर्दैछन् । सरकारले उच्चस्तरीय आयोग गठनलगायत अन्य माग पूरा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने नागरिक समाजका संयोजक श्रेष्ठले जानकारी दिए । (more…)

May 19, 2008

एमाले नेतृत्वसामु देखिएका चुनौतीहरू

लामो बहसपछि एमाले केन्द्रीय कमिटीले पाका तथा अनुभवी नेता झलनाथ खनाललाई महासचिवमा पदस्थापन गरेको छ। जननेता मदन भण्डारीको रहस्यमय हत्यापछि निरन्तर १५ वर्षसम्म पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएका निवर्तमान महासचिव माधवकुमार नेपालको प्रस्तावअनुरूप खनाललाई केन्द्रीय कमिटीले सर्वसम्मतरूपमा महासचिवको जिम्मेवारी सुम्पिएको छ। कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा स्थापना गर्न जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादी सिद्धान्तको कट्टर विरोधी हो भन्ने आरोप खेप्दै आउनुभएका खनाललाई सर्वसम्मतिबाट प्रमुख नेताको रूपमा पदस्थापन गरी एमालेले जनअनुमोदित र परिवर्तनअनुरूपको नेतृत्वचयन गरिएको प्रष्ट सन्देश दिएको छ भने एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादविरोधी नेता कोही छैन भन्ने प्रमाणित पनि गरेको छ। पार्टीभित्र फैलँदै गएको निराशा र आन्तरिक गुटबन्दीलाई निरुत्साहन गर्न केन्द्रीय कमिटीको यस निर्णयले निक्कै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ। (more…)

May 18, 2008

भोजमा राजाले भने– अब छोड्नु पर्ला

५-जेठ-२०६५,आइतवार
काठमाडौं/संविधानसभाको पहिलो बैठक बस्न दश दिन बाँकी हुँदा राजा ज्ञानेन्द्र छटपटाहटमा छन्। शाही परिवार एवं नातेदारको शुक्रबारे नियमित भोजको विषय एउटै हुने गरेको छ, ‘अब नारायणहिटी छाड्ने कि नछाड्ने?’
भोजहरुमा मात्र सीमित छैन यस्तो परामर्श। आफू निकट अनि राजसंस्थाका शुभेच्छुक एवं सेनाका केही जर्नेल र विश्वासपात्रहरुसित उनले सल्लाह लिने गरेका छन्। तर, उनको मनमा अझै अन्योल छ, दरबार छाड्ने कि नछाड्ने?
गत शुक्रबार राति नारायणहिटी दरबारमा राजा ज्ञानेन्द्रले परिवार र नातेदारको जमघटमा भने, “अव हामीलाई मित्र राष्ट्र भारतले पनि साथ दिने भएन।” नवनियुक्त भारतीय राजदूत राकेश सुदले बिहीबार रिपोर्टर्स क्लबमा भारतले राजा राख्ने कुनै सहमति नगरेको खुलासा गरेपछि राजा झन्–झन् आत्तिएको स्रोतको भनाइ छ। राजाको गुनासो छ, “भारतले पनि हामीलाई अप्ठ्यारो मोडमा छाडिदियो।” तर राजाले भने, ‘जनमतसंग्रहबाट नै राजसंस्थाको छिनोफानो गर्नुपर्छ भन्ने मेरो चाहना थियो जुन पूरा भएन।’ राजाले सात दलसित आफू रहने बारेमा कुनै सम्झौता नभएको समेत खुलासा गरेका छन्। पछिल्लो समय राजावादीहरुले विगतमा दलहरुसित भएको सहमतिको पोल खोल्न राजालाई दबाब दिएको पृष्ठभूमिमा राजाले यस्तो स्वीकारोक्ति सुनाएका हुन्। राजाले स्पष्ट भने, “अब हामीले नारायणहिटी छाड्ने तयारी गरे के हुन्छ?” परिवारजनको अगाडि उनले प्रतिप्रश्न गरे। तर राजाले जे भने पनि मुलुक गणतन्त्रमा गइसकेको छ। राजतन्त्रको अन्त्य अवश्यम्भावी छ। संविधानसभाको पहिलो बैठकले पक्कै पनि हाम्रो राजसंस्थाको विपक्षमा निर्णय गर्ने निश्चित भएको छ। (more…)

May 14, 2008

राजालाई कानुनी प्रक्रियाबाट हटाइने

संविधानसभा बैठकको पहिलो दिन जेठ १५ गतेसम्म राजा ज्ञानेन्द्रले दरवार नछाडे उनलाई कानुनी प्रक्रियाबाट त्यहाँबाट हटाइने दावी माओवादी वरिष्ठ नेता मोहन बैद्य किरणले गरेका छन् ।
माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणले जेठ १५ गतेअघि राजाले नारायणहिटी नछाडे उनलाई कानुनी प्रक्रियाबाट हटाइने बताएका छन् । जेठ १ गते राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै किरणले राजा हटाउनु कुनै ठूलो कुरा नभएको दावी गरे । उनले १५ गते अघि नै राजा हटाउन आफूहरुले वातावरण बनाइरहेको पनि उल्लेख गरे । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons