जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 26, 2008

सभा बिथोल्न वम बिष्फोट, सहभागी सर्वसाधारणमाथी आक्रमण, दर्जनौ घाइते

सभालाई असफल तुल्याउन दिउँसो १ बजे जनकपुरमा दुई वटा बिष्फोट गराइएको थियो । एउटा बिष्फोट रेल्वे स्टेशनमा भएको थियो । बम बिष्फोट हुँदा सभास्थलमा आउन एमालेका कार्यकर्ता त्यहाँबाट जुलुशको तयारी गर्दै थिए । अर्को बिष्फोट सभास्थलबाट दुई सय मिटर टाढा यातायात बिभागको कार्यलय नजिक भएको थियो । बम बिष्फोटबाट मानवीय क्षति भने भएन ।
सात दलले आयोजना गरेको जनकपुरको सभामा उपस्थिति हुन जुलुस सहित सभास्थतिमा जान लागेका हजारौको र्र्यालीमा आक्रमण गर्ने भारत समर्थित नेपाली मधेसी तथा भारतीय विहार राज्यबाट आएका अतिवादीहरु र प्रहरीबीच भएको मुठभेडमा ७० भन्दा बढी घाइते भएका छन्। अतिवादीहरुको ढुंगा तथा लाठीका कारण दर्जनौ नेपाली पार्टीका कार्यकर्ता घाईते भएका छन्। त्यसै गरी प्रहरीको लाठीबाट केही अतिवादीहरु घाइतेभएका छन्।
भारतबाट ल्याईएका हतियारधारी समूहले हिजोदेखि बम हमला सुरुगरे देखि प्रहरीले पूरै जनकपुरमा सुरक्षा स्थिति मजबुद गराउँदा गराउँदै पनि भारत समर्थित अतिवादी तराईका समूहहरु महन्थ ठाकुर समूह, मधेसी फोरम, अन्य हतियारधारी समूहको गठबन्धनले आक्रमण सुरु गरेका थिए।
तर सभामा लाखौको उपस्थितिका कारण अतालिएका भारतीय अतिवादीहरुले आक्रमणलाई तिव्र बनाउँदै लगेका छन्।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/01/26/p726/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons