प्रधानमन्त्रीको स्वास्थ्य अझै सुधार
हिमाल खबर डट कम

प्रधानमन्त्रीको स्वास्थ्यबारे चलेको नराम्रो हल्लाको प्रधानमन्त्री निवासले औपचारिकरुपमा खण्डन गरेको छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यबारे चलेको हल्लाको आज प्रधानमन्त्री निवासले पत्रकार सम्मेलन गरी औपचारिकरुपमा खण्डन गरेको छ । प्रधानमन्त्रीले माघ ९ गते बालुवाटारमा सचारकर्मीलाई भेटेका पनि थिए ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले सचारकर्मीलाई प्रधानमन्त्रीको स्वास्थ्य क्रमिकरुपमा सुधार भएको जानकारी दिए । चिकित्सकहरुका अनुसार, प्रधानमन्त्रीलाई रुघाखोकीको इनफेक्सनबाट हने सीओपीटीमा सुधार भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार हुँदै गएकाले उनलाई दिइदैआएको अक्सिजनको मात्रा पनि घटाउदै लगिएको डा. अर्जुन कार्कीले बताए ।
स्वास्थ्य स्थितिमा सुधार आएकाले अहिले प्रधानमन्त्रीलाई राती राम्रो निन्द्रा परेको चिकित्सकहरुले बताए । तर, प्रधानमन्त्रीले अझै केही दिन आराम गर्नुपर्ने चिकित्कहरुले बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरु भगवान कोईराला , जगदीश अग्रवाल , मान वहादुर केसी र अर्जुन कार्की उपस्थित थिए ।

गृह पृष्ठ
