एउटा गितको पालो

जनतान्त्रिक तराई मुक्ति मोर्चा – ज्वाला सिँह समुह व्दारा एक सरकारी कर्माचारीको अपहरण पछि हत्या गरेका छन् ।
भुमि सुधार कार्यालय बाँकेमा कार्यरत क्लार्क पुर्ण प्रसाद ढकालको गतरात अज्ञात समुहले अपहरण गरेको कुरा उहाँका आफन्तले बताएका थियो।
उहाँको गोली हानी हत्या गरिको थियो । ढकालको शव आज सिधिनियाबाट तिन किमि पर फेला परेको र हत्याको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा – ज्वाला सिँह समुहले लिएको छ।
यसै गरी केही दिन अघि नेपालगंजबाट अपहरणमा परेका ब्यापारी ललित रौनियारको अबस्था अझै अज्ञात छ। यसको बिरोधमा आज बाँके उद्योग बाणिज्य संघले नेपालगंज बन्दको आव्हान गरेको हुदाँ आज दिनभर नेपालगंज ठप्प भएको थियो
लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।