जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 19, 2008

सात दलको बिराटनगरको आमसभा सम्पन्न

सात दलको बिराटनगरको आमसभा सम्पन्न भएको छ। बिराटनगरको शहिद रञ्गशालामा सम्पन्न उक्त सभामा बोल्दै सात दलका नेताहरुले संविधानसभा चुनाव तोकिएको मितिमा गराएरै छाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । आज बिराटनगरमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै सबै नेताहरुले संविधानसभा चुनावपछि मात्र मधेशी, आदिवासी, जनजाति लगायत सवै समूहको माग पुरा हुने उल्लेख गरे ।एमाले महासचिव माधबकुमार नेपालले यसअघि सारिए जसरी संविधानसभा चुनाव अव सार्ने प्रयास गर्नु नहुने बताउनु भयो । उक्त सभाका अर्का वक्ता माओवादी नेता डा. वावुराम भट्टराईले भने, ‘हामीले अहिले हतियार विसाएका मात्र हौ, फेरी चुनाव सारिए बिसाएका हतियार उठाउनेछौं ।’ तराईमा क्रियाशिल हतियारधारीलाई भट्टराईले खुला राजनीति गर्न चुनौती दिए । चुनाव बिथोल्न खोज्नेहरु शाही सेनाका भूत भएको आरोप लगाउदै भट्टराईले प्रधानमन्त्री पुत्री तथा नवनियुक्त मन्त्री सुजाता राजासँगै सति जान खोजेको बताए ।
सभालाई नेपाली कांग्रेस महामन्त्री विमलेन्द्र निधी,नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता, जनमोर्चा अध्यक्ष अमिक शेरचन, सयुक्त वाममोर्चाका सिपी मैनाली, नेमकिपाका सुनिल प्रजापतीले पनि सम्वोधन गरेका थिए ।
आज हुने आमसभालाई बिथोल्न बिभिन्न हतियारधारी संगठनले मधेस बन्द आह्वान गरे पनि त्यसको कुनै प्रभाव देखिएन । विभिन्न स्थानबाट निस्किएको जुलुस शहिद रँगशाला पुगी सभामा परिबर्तन भएको थियो। ठुलो सँख्यामा उपस्थित राजनैतिकदलका कार्यकर्ता तथा समर्थकका कारण बिराटनगर आज रक्तिम भएको थियो ।

सात दलको दोस्रो आमसभा आज बिराटनगरमा

मधेशी संगठनहरुले तराईमा आन्दोलन सुरु गर्ने दिन हुनलागेको बिराटनगर सभामा अहिलेसम्म कुनै समस्या नपरेको तथा शहरका बिभिन्न भागबाट स्थानीय रंगशालामा जुलुश आउने क्रम सुरु भएको छ।
सभालाई सम्बोधन गर्न दलका नेताहरु बिराटनगर पुगिसकेका छन् । माघ ५ गते बिराटनगरमा एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री बिमलेन्द्र निधी, माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

के दोष थियो र यिन को ?

माघ ४ गते बारा जिल्लाको डुमरवाना-७ को राजमार्गमा पर्ने पसाहा पुलमा यात्रुबाहक बसमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।
आक्रमणको जिम्मेवारी तराई आर्मी नामको संगठनले लिएको छ ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons