गणेश बस्नेत
‘टेलिकमको शेयर बिक्री प्रकरणले ज्ञानेन्द्रको तानाशाही शासनकाललाई पनि बिर्साएको छ, यत्ति ठूलो विभेद इतिहासमा कहिल्यै भएको थिएन,’ नेपाल टेलिकमको शेयर खरिद गर्न जाने जो–कोही सर्वसाधारणले यस्तै अनुभूति गरिरहेका छन्। टेलिकमले आफ्ना कर्मचारीका लागि प्रतिशेयर ९० रुपैयाँ र सर्वसाधारणका लागि ६ सय मूल्य कायम गरी सर्वसाधारणलाई सय कित्ताभन्दा कम शेयर खरिद गर्न नपाउने व्यवस्था गरेपछि यस्तो अनुभूति बाहिर आएको हो। धनाढ्यवर्गको मात्र पहुँच पुग्नेगरी शेयर खरिद प्रकृया खुल्ला गर्दै टेलिकमले सामान्य लोककल्याणकारी अवधारणालाई समेत तिलाञ्जली दिएपछि सर्वसाधारणले यस्तो अनुभूति गर्नु स्वाभाविक पनि हो। (more…)
January 29, 2008
January 28, 2008
टेलिकममा देखिएको माओवादी ‘समानता’
January 27, 2008
यही अवस्थामा त निर्वाचनको कल्पना नगरे हुन्छ - केपी शर्मा ओली, नेता, नेकपा एमाले
देश संक्रमणकालमा गुज्रिरहेको बेला नेकपा (एमाले)को धारणा के छ त ? पढ्नुहोस -केपी शर्मा ओली, नेता, नेकपा एमालेको भनाई।

गरिबको पेटमा हालिने रोटी, पाउरोटी हो प्रचण्ड? कि जाडोमा ओडिने च्यादर हो? काठमाडौंमा आउने मेलम्चीको पानी हो प्रचण्ड? अथवा निःशुल्क स्वास्थ्य, शिक्षा हो कि? भूमिहीन किसानहरूले पाउने भूमि हुन् कि प्रचण्ड? प्रचण्ड राष्ट्रपति होस् कि अन्य अरू केही होस्, नेपाली जनतालाई के को मतलव? माओवादीको निम्ति देश, जनता लोकतन्त्र, शान्ति, जनताको चाहना, आकांक्षा, भावना त एजेन्डा नै भएन। उसले निकालेको नारामा देश र जनताको कुरा छैन।
२८ चैत्र २०६४ मा संविधानसभाको निर्वाचन हुन्छ?
निर्वाचन हुनुपर्छ, हुन्छ। मुलुकको अग्रगमन र नेपाली जनताको चाहना पूरा गर्न संविधानसभा निर्वाचनबाहेक हामीसँग अरू कुन विकल्प छैन।
निर्वाचन हुने आधारहरू के–के छन्?
मुलुकले गत वर्षको ऐतिहासिक जनआन्दोलनमार्फत जनताले प्राप्त गरेको सकारात्मक परिवर्तनलाई संस्थागत र रक्षागरी त्यसलाई अगाडि बढाउन, नेपाली समाजको परिवर्तन र रूपान्तरण गर्न, नेपाली जनताको माग र चाहनालाई पूरा गर्न र जनताका प्रतिनिधिमार्फत नयाँ संविधाननिर्माण गर्न सभाको निर्वाचन आवश्यक छ। गत जेठमा जसको कारणले निर्वाचन भएन, सो पक्ष पनि अहिले निर्वाचन गराउने पक्षमा छ। मंसिर ६ को निर्वाचन जसले बिथोल्यो, भाड्यो र हुन दिएन, त्यो पनि अहिले चुनावको पक्षमा आएको देखिन्छ निर्वाचन हुने मुख्य आधारहरु यिनै हुन्। (more…)
January 26, 2008
सभा बिथोल्न वम बिष्फोट, सहभागी सर्वसाधारणमाथी आक्रमण, दर्जनौ घाइते
सभालाई असफल तुल्याउन दिउँसो १ बजे जनकपुरमा दुई वटा बिष्फोट गराइएको थियो । एउटा बिष्फोट रेल्वे स्टेशनमा भएको थियो । बम बिष्फोट हुँदा सभास्थलमा आउन एमालेका कार्यकर्ता त्यहाँबाट जुलुशको तयारी गर्दै थिए । अर्को बिष्फोट सभास्थलबाट दुई सय मिटर टाढा यातायात बिभागको कार्यलय नजिक भएको थियो । बम बिष्फोटबाट मानवीय क्षति भने भएन ।
सात दलले आयोजना गरेको जनकपुरको सभामा उपस्थिति हुन जुलुस सहित सभास्थतिमा जान लागेका हजारौको र्र्यालीमा आक्रमण गर्ने भारत समर्थित नेपाली मधेसी तथा भारतीय विहार राज्यबाट आएका अतिवादीहरु र प्रहरीबीच भएको मुठभेडमा ७० भन्दा बढी घाइते भएका छन्। अतिवादीहरुको ढुंगा तथा लाठीका कारण दर्जनौ नेपाली पार्टीका कार्यकर्ता घाईते भएका छन्। त्यसै गरी प्रहरीको लाठीबाट केही अतिवादीहरु घाइतेभएका छन्।
भारतबाट ल्याईएका हतियारधारी समूहले हिजोदेखि बम हमला सुरुगरे देखि प्रहरीले पूरै जनकपुरमा सुरक्षा स्थिति मजबुद गराउँदा गराउँदै पनि भारत समर्थित अतिवादी तराईका समूहहरु महन्थ ठाकुर समूह, मधेसी फोरम, अन्य हतियारधारी समूहको गठबन्धनले आक्रमण सुरु गरेका थिए।
तर सभामा लाखौको उपस्थितिका कारण अतालिएका भारतीय अतिवादीहरुले आक्रमणलाई तिव्र बनाउँदै लगेका छन्।
जनकपुरको सभास्थल छेउमै भिडन्त
सम्बिधान सभाको निर्वाचनको प्रचार प्रसारको लागी सात दलले सुरु गरेको संयुक्त आम सभा आज जनकपुरमा हुदैछ। यो चौथो आम सभा हो। सभा आज दिउँसो दुई बजे बाह्रबिघा मैदान हुदैछ।
सभा असफल पार्न मधेशी संगठनका कार्यकर्ताले सभास्थल छेउछाउमै बिरोध प्रदर्शन गरी रहेका कारण प्रदर्शनकारी र प्रहरी विच भिडन्त भेको बताईएको छ।तराईमा शान्तिपूर्ण र हतियारबन्द गतिविधि गरिरहेका समूहहरुले बन्द आयोजना गरेपछि यातायात साधन नचलेका कारण सात दलको सभामा अपेक्षा गरिए अनुसार मानिसहरु जुटेका छैनन् ।
सभास्थलको सुरक्षाका लागि जनकपुरमा साढे दुई हजार जनपद र सशस्त्र प्रहरी खटाइएको भए पनि बिरोधका कारण सात दलले सभा सुरु हुनअघि गर्ने भनेको जुलुश पनि गर्न सकि रहका छैनन्।
January 24, 2008
प्रधानमन्त्रीको स्वास्थ्य अझै सुधार
हिमाल खबर डट कम

प्रधानमन्त्रीको स्वास्थ्यबारे चलेको नराम्रो हल्लाको प्रधानमन्त्री निवासले औपचारिकरुपमा खण्डन गरेको छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यबारे चलेको हल्लाको आज प्रधानमन्त्री निवासले पत्रकार सम्मेलन गरी औपचारिकरुपमा खण्डन गरेको छ । प्रधानमन्त्रीले माघ ९ गते बालुवाटारमा सचारकर्मीलाई भेटेका पनि थिए । (more…)
January 22, 2008
यातायात भाडा पच्चिस प्रतिशतले बृध्दि
सरकारले पेट्रोलिम पदार्थको अत्याधिक बृध्दि गरे पछि आज बसेको नेपाल यातायात ब्यवशायी संघको आकस्मित बैठकले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण यातायातमा लाग्ने भाडामा पच्चिस प्रतिशतल बढाउने निर्णय गरेको छ।
उक्त संघले गराएको जानकारी अनुसार भोली देखीनै नयाँ भाडा दर लागु हुनेछ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति क्रमश सुधार
माघ ५ देखि अस्वस्थ्य रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति क्रमश सुधार हुँदै गएको छ । प्रधानमन्त्री कोइरालाले आज बिहान नियमित नास्ता चिया, बिस्कुट खानुभएको थाहा भएको छ । आज विहान उहाँको स्वास्थ बिग्रेको खबर आए पछी काठमाणडौमा धेरै किसिमका हल्लाहरु मच्चिन थाले पछि नेपाली कांग्रेसका कार्यकर्ताहरु बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । चिकित्सक मनबहादुर केसीले विज्ञप्ति जारी गरी उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाउनुभएको छ । प्र.म.को स्वास्थ्य परिक्षणमा डा. मानबहादुर केसी र डा. भगवान कोइराला सम्लग्न रहेको बताईएको छ।
पेट्रोलियम पदार्थमा भारी मुल्य बृध्दी, उपत्यका अस्त व्यस्त
सरकारले माघ ७ गते डिजल ५६ रुपैयाँबाट ६१ प्रतिलिटर, एलपी ग्यास ११०० रुपैयाँबाट १२५० प्रतिसिलिण्डर र मट्टीतेल प्रतिलिटर ६१ रुपैयाँका दरले बृध्दि गरेको थियो ।
उक्त मूल्यबृद्धिबिरुद्ध देशब्यापी प्रदर्शन सुरु भएको छ । सात दलसम्बद्ध बिद्यार्थी संगठनहरुले माघ ८ गते बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बिद्यार्थी संगठनहरुको प्रदर्शनका कारण राजधानीको यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । अहिले सडकमा जुलुस र पैदल यात्रीले भरिएको समाचार स्रोतले जनाएको छ।

फोटो : नेपालन्युज डट कम

गृह पृष्ठ
