शिखर वार्ता अनिश्चित, माओबादीद्वारा संचारकर्मिमाथी दुर्ब्यबहार
३० असोज २०६३
नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच गएको हप्तादेखि शुरू भएको वार्ताको क्रममा आइतबारको वैठक राजतन्त्र र हतियार ब्यवस्थापन जस्ता मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार र विद्रोहीबीच गएको हप्तादेखि शुरू भएको दोश्रो शिखर वार्ता आइतबार चौथो दिनको बैठकपछि विना कुनै निष्कर्ष स्थगित हुन पुगेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा चर्का नाराबाजीका बीच शुरू भएको बैठक मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको वार्ताकारहरूले बताएका छन्। त्यस क्रममा गत बिहिबारको बैठकपछि आइतबारको शीर्ष वार्तालाई निर्णायक बनाउन भनी दल तथा माओवादी विद्रोहीबीच विभिन्न तहमा थुप्रै परामर्शहरू भएका थिए। साथै ती परामर्शहरू मुख्य मुद्दाहरुमा केन्द्रीत रहेका र तिनले आइतबारको वार्ता सफल बनाउन सहयोग पु-याउने विश्वास दुवै पक्षका नेताहरूले व्यक्त गरेका थिए। तर आइतबारको बैठकले पहिलेदेखि नै विवादीत रहेका विषयहरूमाथि सहमति कायम गर्न नसकेको विद्रोही नेताहरूले जनाएका समाचारहरुमा उल्लेख छ । (more…)

गृह पृष्ठ
