वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय प्रतिनिधिद्बारा वार्ता सफल हुनेमा विश्वस्त
१४अक्टोबर२००६(एजेन्सीहरु)-
नेपालमा सरकार र माओवादीबीच भईरहेको वार्ताबारे विभिन्न टिप्पणि भइरहँदा राष्ट्रसंघीय महासचिवका व्यक्तिगत प्रतिनिधि इयन मार्टीनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढीरहेको बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रक्रियामा सघाउन राष्ट्रसंघीय महासचिव कोफी आननको व्यक्तिगत प्रतिनिधिका रूपमा खटाइएका मार्टीनले शान्ति वार्ताको सफलताप्रति विश्वास व्यक्त गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सो वार्ता अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै छिटो अगाडि वढेको जनाए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत सत्ताधारी सात दलका नेताहरू एवं माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्पर्कमा रहेका मार्टीनले नेपालमा जारी रहेको जस्तो वार्तावाट तुरून्तै परिणामको आशा गर्नु व्यवहारिक नहुने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

गृह पृष्ठ
