जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 13, 2006

सरकार र सशस्त्र समूहबीच भएको तेश्रो दिनको औपचारिक शिखर वार्ता विना निष्कर्ष स्थगित

१३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच भैरहेको शिखर वार्तालाई दुबै पक्षले सकारात्मक दिशामा बढिरहेको बताए पनि बिहीबार भएको तेश्रो दिनको औपचारिक वार्ता कुनै निष्कर्ष विना स्थगित भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।

यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार तथा विद्रोहीबीच बिहीबार भएको तेश्रो दिनको औपचारिक शिखर वार्ता कुनै टुङ्गोमा पुग्न नसकि स्थगित भएको छ। वार्ताकारहरू दुई दिनपछि आइतबार फेरी बैठक गर्न सहमत भएका छन्। बिहीबारको वार्तापछि सहभागीहरूले कुराकानी सौहाद्रपूर्ण रुपले र सकारात्मक दिशामा अगाडि बढिरहेको बताए। त्यस क्रममा ठोस समाधान निस्कने अपेक्षा गरिएको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो शुरु भएको थियो। त्यसभन्दा पहिले अनौपचारिक बैठक चलेका थिए। तर दुई घण्टाजतिको बसाईपछि पनि वार्ताका प्रमुख मुद्दाहरूमा सर्वसम्मति नभएपछि बैठक स्थगित भएको थियो। त्यसैगरी वार्तास्थल बाहिर भने अघिल्ला दिनहरूको तुलनामा मानवअधिकारवादी, माओवादी पीडित र राजनीतिक कार्यकर्ताहरूको भीड बाक्लो थियो। औपचारिक वार्ता शुरु भएको साढे दुई घण्टा नबित्दै सरकारी र माओवादी वार्ताकारहरू सिंहदरबारस्थित शान्ति सचिबालयमा देखा परेका समाचारहरुमा उल्लेख छ ।

त्यसैगरी प्राप्त समाचार अनुसार,भिडभाडपूर्ण पत्रकार सम्मेलनमा बोल्दै सरकारी वार्ताटोलीका संयोजक कृष्णप्रसाद सिटौलाले भने, ‘’समग्र विषयमा टुङ्गोमा पुग्नका लागी हाम्रा नेताहरूलाई अलिकति समय चाहिएको हो।”वार्ता अत्यन्त सकारात्मक छ। वार्ता जुन ढङ्गले अगाडि बढ्नुपर्ने हो, त्यसरी नै बढेको छ।’’ विद्रोही टोलीका संयोजक कृष्णबहादुर महराले पनि दुबै पक्षका अडानहरू साँघुरिदै गएको बताए। यसका साथै उनको बिचारमा शान्तिवार्ता जस्तो जटील प्रकृयालाई आगडि बढाउन केही समय लाग्नु अनौठो कुरा होइन। उनले भने, ‘’अस्तिसम्म देखिएका हाम्राबीचका दूरीहरू साँघुरो बनेको छ र हामी एउटा निस्कर्षको नजिक पुग्न खोजेको जस्तो देखिन्छ।’’ साथै तिन दिनसम्म चलिसकेको औपचारिक वार्ता प्रकृया कहाँनेर अड्कियो भन्ने पत्रकारहरूको जिज्ञासाको जवाफमा वार्ताकार पक्षले ति मुद्दाहरूको प्याकेज समाधान खोजीरहेको बताएका प्राप्त समाचारहरुमा जनाइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/10/13/p701/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons