जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 13, 2006

उच्चस्तरीय आयोगद्बारा नेपाली इतिहासमैं पहिलो पटक राजा ज्ञानेन्द्रसंग सोधपुछ शुरु

एजेन्सीहरु-नेपालमा हालैको जनआन्दोलनमा भएको भनिएको ज्यादतिको छानबीन गरीरहेको आयोगले परम्परागतरुपमा कानूनभन्दा माथि रहेका राजालाई देशको इतिहासमैं पहिलो पटक आन्दोलन दबाउनमा उनको भूमिकाका बारे सोधपुछ शुरु गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।

यसका साथै सञ्चार माध्यमहरुमा जनाइए अनुसार,हालैको जनआन्दोलनमा भएको भनिएको ज्यादतिको छानबीन गरीरहेको उच्चस्तरीय आयोगले राजा ज्ञानेन्द्रको भूमिकाका बारे सोधपुछ गर्दै बुधबार एक पत्र पठाएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीले नेत्तृत्व गरेको सो न्यायिक आयोगले राजदरबारमा लिखित प्रश्न पठाइ श्री ५ ज्ञानेन्द्रसंग लिखित जवाफको माग गरेको छ। त्यसैगरी परम्परागतरुपमा कानूनभन्दा माथि रहेका राजालाई सार्वजनिक जांचबुझ आयोगले यसरी सोधपुछ गरेको नेपालको इतिहासमा यो पहिलो घटना हो। आयोगले यसअघि राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रीपरिषद्का वरिष्ठ उपाध्यक्ष डा. तुल्सी गिरीसहित झन्डै २०० जनासंग बयान लिइसकेको छ। त्यस क्रममा आयोगका एकजना सदस्य हरिहर विरहीले तत्कालीन मन्त्रीपरिषदको अध्यक्षको हैसियतमा जनआन्दोलनमा राजाको भूभिकाका बारे प्रश्न गरिएको बताएका समाचारहरुमा उल्लेख छ ।

त्यसैगरी प्राप्त समाचार अनुसार,सदस्य विरहीले त्यसबेलाको मन्त्रीपरिषदका अध्यक्ष अहिले राष्ट्राध्यक्ष रहेको तथ्यलाई ध्यानमा राखेर नै सो पत्र पठाइएको जनाए। विरहीले भने, “सो पत्रबाट राजाले अपमानित महसूस गर्नुपर्ने कुनै कारण छैन।” पत्रको जवाफ कहिले सम्म दिइसक्नुपर्ने हो भन्ने समय त तोकिएको छैन तर आयोगका अधिकारीहरुले एक साताभित्र राजदरबारबाट लिखित जवाफ प्राप्त हुने अपेक्षा राखेका छन्। पटक, पटक म्याद थप गरिएको आयोगको अवधि आउंदो कार्तिक महिनाको दशगते समाप्त हुंदैछ। यसका साथै थाहा भए अनुसार,आयोगका पदाधिकारीहरुले तोकिएको समयभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने विश्वास व्यक्त गरेका छन्। त्यस क्रममा सात दलीय गठबन्धनले आह्वान गरेको र माओवादीले सकृय समर्थन गरेको सो जनआन्दोलनका क्रममा झन्डै २५ जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका नेपाली सञ्चार माध्यमहरुमा उल्लेख छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/10/13/p700/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons